२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

नेपालकै अत्याधुनिक ब्लड बैंक बनेपामा


२३७४ पाठक संख्या

बनेपा-नेपाल रेडक्रस सोशाईटि केन्द्रिय कार्यालयको पहलमा डेनिस कन्सुलर टिमको आर्थीक सहयोगमा काभे्र जिल्ला रेडक्रस शाखाको

  • नवसंकेत अनलाईन
  • २०७४ माघ २३, मंगलबार मा प्रकाशित ६ साल अघि
  • बनेपा-नेपाल रेडक्रस सोशाईटि केन्द्रिय कार्यालयको पहलमा डेनिस कन्सुलर टिमको आर्थीक सहयोगमा काभे्र जिल्ला रेडक्रस शाखाको आतिथ्यतामा नेपालकै नमुना ब्लड बैंक बनेपामा निर्माण हुने भएको छ ।

    नेपाल रेडञmस सोशाईटि काभे्र शाखा सभापति रघुबर चौ प्रधानका अनुसार होल्ड ब्लड र फ्रश ब्लडको सेवा दिदै आएको ब्लड बैक काभे्रले अव रगतको लागि आवस्यक पर्ने सवै प्रकारका सेवा प्रदान गर्न सक्ने भएको छ । करिव ७ करोडको लागतमा निर्माण हुने उक्त सुबिधा सम्पन्न ब्लड बैंकका लागि सुरुवातमा डेनिस रेडक्रस कन्सुलरटिमले ७० लाख प्रदान गरेको छ ।

    त्यसैगरी उक्त पुण्य कार्यका लागि बिभिन्न संघ संस्थाले सहयोगको रासि जुटाउने कार्यको थालनि भएको छ । सभापति प्रधानका अनुसार सहकारी मार्फत झण्डै २ करोडको अपेक्षा राखेको छ । त्यस्तै स्थानिय तह मार्फत पनि उक्त कार्यको लागि अन्तक्र्रिया अगाडि बडि सकेको बताउनु भएको छ । त्यस्तै ग्याप इन्टरनेशनल नामक संस्था बाट पनि उक्त भवन निर्माणको लागि सहयोगि हातहरु अगाडि बढेको जानकारी गराउनु भएको छ । अब कोहि पनि आर्थिकको कारण रगत नपाएर मर्नु पर्ने छैन । प्रधानका अनुसार असाहय रक्त कोष स्थापना भएको छ । हाल सम्म रक्त कोषमा ६ लाख जम्मा भै सकेको छ ।

    त्यसैगरी प्राज्ञ एवं रेडक्रस कर्मी बेदप्रसाद कोजुको भनाई अनुसार रेडक्रस जस्तो मानविय संस्थामा काम गर्ने अवसर र चुनौती दुवैको लागि सम्मान गर्न सक्नुनै महानता हो । अव यो सम्रचनासंगको आत्मियता स्मृतिको पानामा मात्र हुन पुग्यो । अतितलाई नियाल्दा अत्यन्तै भावुक वनाउंछ, जे होस यो भवनले पुन जिवन पाउने भयो । यसैमा खुसि छु, भन्नु हुन्छ प्राज्ञ कोजु । नेपालकै नमुना ब्लड बैंक काभे्रले पाउनु भनेको ख्याल हैन, यो प्रति काभे्रलिले अपनत्व लिन सक्नु पर्छ । नयाँ पुस्तालाई ब्यक्तिगत रुपमा मेरो यहि आग्रह छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार