२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

घूससहित प्रहरी पक्राउ


२८४१ पाठक संख्या

भक्तपुर-प्रहरीले निस्पक्ष ढंगबाट न्याय दिनुको वदला आर्थीक चलखेलका आधारमा काम गर्ने गर्दा स्थानिय आजित हुंदै

  • नवसंकेत अनलाईन
  • २०७४ माघ २३, मंगलबार मा प्रकाशित ६ साल अघि
  • भक्तपुर-प्रहरीले निस्पक्ष ढंगबाट न्याय दिनुको वदला आर्थीक चलखेलका आधारमा काम गर्ने गर्दा स्थानिय आजित हुंदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग लाई गुहारेपछि घुस लिदै गरेको अवस्थामा प्रहरी पक्राउ परेको छ । भक्तपुरको दधिकोट प्रहरी चौकीमा कार्यरत प्रहरी जवान उमेशकुमार थापालाई नगद १८ हजार सहित रंगेहात पक्राउ गरेको हो ।

    प्रहरी जवान थापाले सेवाग्राहीबाट मोटरसाइकल दुर्घटनाको उजुरीलाई मिलाई दिन्छु भन्दै १८ हजार रुपैयाँ घूस लिएको अख्तियारले बताएको छ । कार्यालयमा कुनै पनि काम गर्नु पर्दा विना पैसा काम नै नहुने भएपछि आजित भएका सेवाग्राहिहरुले अख्तियार गुहारेपछि प्रहरी जवान थापा पक्राउ परेका हुन् ।

    सेवाग्राहीले प्रहरीले घुस मागेको भन्दै दिएको बिशेष सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई भक्तपुरको राधेराधेबाट पक्राउ गरेको थियो । पक्राउ परेका प्रहरी जवान थापाको थप अनुसन्धान भै रहेको जानकारी प्राप्त भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार