२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

नेतृत्व लिएर सामाजिक काम गर्न कठिन – बञ्जारा


२४१० पाठक संख्या

पनौती-जनप्रतीनिधि आएपछि गाउं बस्तिमा विकास निर्माणको कार्यले बस्तिहरु चलायमान भएको पाईन्छ । यसैको प्रतीनिधि पात्रको

  • नवसंकेत अनलाईन
  • २०७४ माघ २३, मंगलबार मा प्रकाशित ६ साल अघि
  • पनौती-जनप्रतीनिधि आएपछि गाउं बस्तिमा विकास निर्माणको कार्यले बस्तिहरु चलायमान भएको पाईन्छ । यसैको प्रतीनिधि पात्रको रुपमा ठाडोबाटो एपाटार मोटरबाटो ढलान हुंदैछ । जस्को नेतृत्व लिएका छन् ईश्वर बञ्जाराले, १० औं बर्षदेखिको अस्त व्यस्त सडकले नयाँ संरचना पाउंदै छ । यथार्थमै भन्नु पर्दा सामाजिक रुपमा नेतृतव लिनु त्यति सहज छैन । हिजोको समाज हैन जो होस्टेमा हैंसे गर्न आईपुग्थ्यो । आज त प्रत्यक पाईलामा नगद जोडिएको छ । जुन स्वार्थले नेपाली समाज भन्न लाज लाग्ने अवस्था श्रृजना भएको छ ।

    अहिलेको समाज “टच स्क्रिन” भैसकेको छ , यो अवस्थामा हुन गैरहेको उक्त निर्माण कार्य अझै कठिन त छ नै त्यसमा पनि समाजका अगुवा भन्न रुचाउनेहरुले नै दुर्गन्दित बनाएको बस्तिलाई स्वस्थ्य बनाउन खोज्नु त्यति सहज छैन भन्दछन बञ्जारा , । अव सामाजिक सद्भाव भन्ने अक्षरमा मात्र सिमित हुन पुग्यो, कोहि कसैले निस्वार्थ भावले काम त कुरै छोडौ बोल्न पनि पैसामा साट्न तयार छ । नगरपालिकाको आगामि बर्ष ०७४÷०७५ को बिकास निर्माण तर्फ ३० लाख रुपैयाँ बाट २ सय ८० मिटर मोटर बाटो स्तर उन्नति सहित ढलान गर्न लागिएको वताउनु हुन्छ उपभोक्ता समितिका अध्यक्ष ईश्वर बञ्जारा, । उहाँको भनाई अनुसार तिन मिटरको स्विकृत योजना ५ मिटर निर्माण गर्नु परेको छ । यसमा पनि चुनौति छ नै, भोलि कसरि योजना फर फारो गर्ने त्यति हुंदा हुंदै पनि समाजका अगुवाहरु आलोचना गर्न पछि परेका छैनन् ।

    यत्रो बर्ष सम्म नारकिय यात्रा गर्दा पनि चेत खुलेको पाईएन, अझै नालि निर्माणका क्रममा भोग्नु परेको दुर्गन्धले त भद्र भलाद्मीहरुको यथार्थरुपमै प्रष्टिएको पाईयो । यति सानो स्थानमा शौचालय नै सडक नालिमा जनोड्नु अलि कति पनि नैतिकता नभएको आभास भएको गुनासो पोख्नु हुन्छ । यस किसिमको समाजका अगाडि आफु आलोचनाको पात्र हुंनु भन्दा अरु केहि पाईन भन्द छन् बञ्जारा । जे होस आलोचनाको बिचबाट जुन निर्माण कार्य भएको यो ठाडो बाटोको इतिहासमा कोशे ढुंगा सावित हुनेमा आफु विस्वस्थ भएको टिप्पटि गर्नु हुन्छ बञ्जरा ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार