२०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024

धुलिखेलमा स्पा थेरापि सुरु


३५१३ पाठक संख्या

धुलिखेल -धुलिखेलमा आयुरवेदिक वेलनेस स्पा थेरापि सुरु भएको छ । धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष

  • नवसंकेत अनलाईन
  • २०७४ माघ २३, मंगलबार मा प्रकाशित ६ साल अघि
  • धुलिखेल -धुलिखेलमा आयुरवेदिक वेलनेस स्पा थेरापि सुरु भएको छ । धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोजुले सोमबार एक कार्यक्रमबिच उद्घाटन गर्नु भएको छ ।

    मानिसलाई शारिरिक, मानसिक तथा आध्यात्मिक रुपमाम स्वस्थ राख्नको लागि यो थेरापि विधि प्रयोगमा ल्याईने आयुरवेदिक वेलनेस स्पा थेरापि का संचालक सुमन लामाले जानकारी दिनुभयो । थेरापि केन्द्रमा योगा, प्राकृतिक थेरापि पद्धति, आयुरवेदिक थेरापि पद्धति का साथै स्पा थेरापि मार्फत सेवा उपलब्ध गराईने लामाले बताए ।

    आन्तरिक तथा वाह्य पर्यटकलाई स्पा थेरापि आकर्षणको केन्द्र बिन्दु बन्ने धुलिखेलल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोजुले बताउनु भयो । विभिन्न रोगिको रोगको उपचार तथा सामान्य स्वास्थ व्यक्तिहरुको शारिरिक तथा मानसिक स्फुर्ति को लागि यो थेरापिले महत्वपूर्ण भुमिका निर्वाह गर्ने छ ।
    धुलिखेल वडा ७ नगरपालिका जाने बाटोमा रहेको स्पा थेरापि केन्द्रले धुलिखेल र आसपासमा रहेका विभिन्न होटलहरु संग समन्वय गरेर आफ्नो सेवालाई विस्तार गर्ने योजना रहेको संचालक लामाले जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार