२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

स्वास्थ्य शिविरमा २ सय २५ लाभान्वित


२४३६ पाठक संख्या

दाप्चा- दाप्चा डराउनेपोखरीमा गरिएको बृहत स्वास्थ्य शिविरमा २ सय २५ स्थानीय लाभान्वित भएका छन् ।

  • नवसंकेत अनलाईन
  • २०७४ माघ २३, मंगलबार मा प्रकाशित ६ साल अघि
  • दाप्चा- दाप्चा डराउनेपोखरीमा गरिएको बृहत स्वास्थ्य शिविरमा २ सय २५ स्थानीय लाभान्वित भएका छन् । ग्लोबल भोलिन्टियर सर्भिसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी सहयोग समिति डराउनेपोखरी र डराउनेपोखरी स्वास्थ्य चौकीको आयोजनामा भएको ४ दिने शिविरमा दाप्चा क्षेत्रका स्थानीय लाभान्वित भएका छन् ।

    ४ दिनसम्म दाप्चामा नै बसेर छाला, स्त्री, जनरल मेडिसिन, दन्त, हाडजोर्नी रोग विशेषज्ञले सेवा दिएका थिए । निशुल्क औषधी समेत वितरण गरिएको सहयोगी संस्था ग्लोबल भोलिन्टियर सर्भिसका अध्यक्ष विष्णुमणि नेपालले जानकारी दिए । नेपालका अनुसार, दाप्चामा गतबर्षदेखि हु“दै आएको स्वास्थ्य शिविरलाई आगामी बर्षमा पनि निरन्तरता दिने प्रतिवद्धता जनाए । संस्थाले विभिन्न ७ स्थानमा स्वास्थ्य शिविर गरिसकेको र छात्रवृतिको काम गर्ने योजना बनाएको अध्यक्ष नेपालले जानकारी दिए । रेडक्रस सहयोग समिति डराउनेपोखरीले स्वास्थ्य शिविर, रक्तदान, दन्त शिविर लगायतका सामाजिक काम गर्दै आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार