२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बिन्धवासिनिले रजत महोत्सव मनाउंदै


२६३२ पाठक संख्या

प्रल्हाद शर्मा हुमागाई बनेपा-सहकारीको क्षेत्रमा काभे्र जिल्लाको नाम अन्तराष्ट्रिय स्तर सम्म चर्चा गराउन सफल बिन्धवासिनि

  • नवसंकेत अनलाईन
  • २०७४ फागुन २, बुधबार मा प्रकाशित ६ साल अघि
  • प्रल्हाद शर्मा हुमागाई

    बनेपा-सहकारीको क्षेत्रमा काभे्र जिल्लाको नाम अन्तराष्ट्रिय स्तर सम्म चर्चा गराउन सफल बिन्धवासिनि बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको २५ औं बर्षको अवसरमा फाल्गुण ६ गते भव्य ढंगबाट रजत महोत्सव मनाउने तयारी गरेको छ । संस्थाले पत्रकार सम्मेलनको आयोजना गरी उक्त महोत्सवको बारेमा जानकारी गराइएको थियो । पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष प्रदिप थापाले संस्थाले हाल सम्म शेयर सदस्यहरुलाई दिदै आएको सेवा र सुबिधाको बारेमा जानकारी गराउनु भएको थियो ।

    काभे्र जिल्लामा अब्बल रुपमा रहन सफल सहकारी संस्थाले काभे्रको व्यापारीक केन्द्रको रुपमा रहेको बनेपाको उग्रचण्डि वेन्क्वैटमा महोत्सव मनाउने भएको छ । संस्था स्थापनाको २४ औं वसन्त पार गरी २५ औं वसन्तमा प्रवेश गर्न लागेको अवसरमा पलाञ्चोक सेवा केन्द्रबाट सेवा शुभारम्भ, आँखा शिबिर, सामुदायिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता, ब्याड मिन्टन प्रतियोगिता, खुल्ला रक्तदान, सहकारी शिबिर, मोटरसाईकल ¥याली लगायतको कार्य गर्ने भएको छ ।

    २०५० सालमा ५५ जना सदस्यबाट स्थापना भएको सहकारीको हाल ३३ हजार शेयर सदस्य रहेको छ । संस्थामा आवद्ध शेयर सदस्यहरुको हितको लागि कार्य गर्दै आएको सहकारीले धितो जमानिमा र समुह जमानिमा लगानि गर्दै आएको छ । जसमा ११ हजार ५ सय जनालाई विना धितो समुह जमानिको आधारमा १५ करोड ८ लाख ६८ हजार लगानि गरेको छ । अन्तराष्ट्रिय सम्बन्ध बिस्तारका क्रममा सहकारीले बिगत ८ बर्ष देखि अक्कुको नेपालको प्रथम सपोर्टर मेम्बर समेत रहेको छ । संस्थालाई अमेरिकामा रहेको मिक्स मार्केट बाट उच्चतम ५ तारा चिन्ह समेत प्राप्त गरेको सहकारीको स्थापना दिवसको २५ औं बर्षको अवसरमा हुने रजत महोत्सबले काभे्रको सहकारी क्षेत्रमा थप उर्जा थप्ने भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार