२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभे्रमा कुलमान घिसिंङ्ग सम्मानित


२६१६ पाठक संख्या

बनेपा -सुवा स्मृति प्रतिष्ठानको १४औं वार्षिक साधारण सभा, पुस्तक सार्वजनिक एवं सम्मान समर्पण कार्यक्रम सम्पन्न

  • नवसंकेत अनलाईन
  • २०७४ फागुन ७, सोमबार मा प्रकाशित ६ साल अघि
  • बनेपा -सुवा स्मृति प्रतिष्ठानको १४औं वार्षिक साधारण सभा, पुस्तक सार्वजनिक एवं सम्मान समर्पण कार्यक्रम सम्पन्न भएको छ ।

    काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रतिष्ठानको तर्फबाट सम्मानित हुनेहरु गीतकार किरण खरेल, अग्रज समाचारवाचिका कृष्णा ताम्राकार, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र तेजगंगा क्याम्पसकी क्याम्पस प्रमुख डा. अम्बुभवानी कार्कीलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । त्यसैगरी विपन्न तथा जेहेन्दार विद्यार्थीलाई प्रदान गर्र्दै आएको संखुवासभाको खाँडबारीको हिमालय मा.वि.मा अध्ययनरत प्रविण राई, सन्देश राई, सीता कटुवाल, स्मृति राई र रोहन बराललाई जनही ५-५ हजार रुपैँयाको छात्रवृत्ति कोष समेत हस्तान्तरण गरिएको थियो ।

    कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भने ‘तपाईहरुले तार छिन्नु, ट्रान्समिटर पड्कनुलाई लोडसेडिङ्गको रुपमा नलिनुस्, लोडसेडिङ हुन दिन्न अब मेरो लक्ष्य भनेको देशलाई विद्युतको आत्मनिर्भर बनाई छिमेकी मुलुकमा बिक्री गर्ने र विद्युतबाट चल्ने मोटरसाइकल सञ्चालनमा ल्याउनु रहेको छ’ उनले भने ‘अहिले लोडसेडिङ हटाएर ६० अर्बको तेल बचत र ३ अर्बको विद्युत चोरी नियन्त्रण गरिएको छ भने चाँडै नै बत्तीको पैसा तिर्न टेलिकमको सिस्टम लागु गर्नेछु ।’

    संस्थाका अध्यक्ष चन्द्रबहादुर खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुण्यवती घलेले स्वागत मन्तव्य राखि सुरु भएको थियो । कार्यक्रममा, पुस्तक समीक्षा शारदाप्रसाद शर्मा, कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष रामशरण थापा, महासचिव केशव थापाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने विजयराम कर्माचार्य, लोकगायक मच्छेश्वर सापकोटा, कुमाले मिजार लगायतले मन्तव्य राखेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार