२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेपाल कम्युनिष्ट पार्टीको तीन महिने अभियान, धुलिखेल अस्पतालले लिएको चर्काे शुल्क घटाउन माग


२४७२ पाठक संख्या

बनेपा-नेपाल कम्युनिष्ट पार्टीले सरकार समक्ष बिभिन्न २१ सुत्रिय माग राख्दै तीन महिने एकिकृत जन जागरण

  • नवसंकेत अनलाईन
  • २०७४ फागुन ७, सोमबार मा प्रकाशित ६ साल अघि
  • बनेपा-नेपाल कम्युनिष्ट पार्टीले सरकार समक्ष बिभिन्न २१ सुत्रिय माग राख्दै तीन महिने एकिकृत जन जागरण अभियान शुरु गर्ने भएको छ । बनेपामा सम्पन्न पत्रकार सम्मेलनमा ताम्सालिङ्ग स्वायत्त प्रदेश जनपरिषदका प्रमुख मणिक लामाले उक्त अभियानको बिषयमा जानकारी गराएका थिए ।

    पत्रकार सम्मेलनमा अध्यक्ष लामाले भने नेपालको विशिष्ट परिस्थितिमा जनजागरण अभियान अन्तर्गत संसदिय व्यवस्थाले गरेका दर्जनौ सन्धी सम्झौताको विरुद्ध नेपाली जनतालाई सचेत एवं जागरुक साथै भूकम्प पिडित जनताको समस्या समाधानको बिषयमा अभियान चलाउने बताएका थियो ।
    त्यसैगरी राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विकराल समस्या लगायत महंगि कालावजारी, तस्करी, ढिलासुस्ति, दलालिकरण एवं सवै खालको माफियाकरण बिरुद्ध संघर्षलाई व्यापक बनाउंदै जनताको घरदैलो अभियान संञ्चालन गर्ने जानकारी गराएको थियो । भूकम्प पिडितहरुलाई अनुदानको रकम एकमुष्ट उपलब्ध गराउनु पर्ने, निर्माण सामाग्रीहरुको मुल्य बृद्धिलाई रोकनुपर्ने, भूकम्प पिडितलाई विना धितो ऋण उपलब्ध गराउनु पर्ने, अवैध बालुवा ढुंगा उत्खनन् लाई रोक्नुपर्ने, नदि नाला दोहन गर्ने क्रसर उद्योग बन्द गर्नुपर्ने, धुलिखेल अस्पताल लगाएतको अस्पतालहरुले चर्को शुल्क लिएकोले शुल्क घटाउनु पर्ने लगाएको माग सहित अभियान सुरु गर्ने जानकारी गराएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार