२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

पारिश्रमिक बृद्धिको लागि महाँसंघको पहल


३१३१ पाठक संख्या

महंगिको कारण पत्रकारहरुले पाउंदै आएको तलबले धान्न नसक्ने भन्दै नेपाल पत्रकार महासंघ केन्द्रले पारिश्रमिक बृद्धिको

  • नवसंकेत अनलाईन
  • २०७४ फागुन ७, सोमबार मा प्रकाशित ६ साल अघि
  • महंगिको कारण पत्रकारहरुले पाउंदै आएको तलबले धान्न नसक्ने भन्दै नेपाल पत्रकार महासंघ केन्द्रले पारिश्रमिक बृद्धिको लागि पहल गरेको छ ।

    पारिश्रमिक बृद्धिको लागि श्रमजीवी हित प्रवद्र्धन समितिले समेत बढ्दो महङ्गीलगायतका कारणले जीवीकोपार्जनमा देखिएको कठिनतालाई मध्यनजर गरी श्रमजीवी पत्रकार, कामदार, कर्मचारीहरुको न्यूनतम पारिश्रमिक तत्काल पुनरावलोकन गर्न न्यूनतम पारिश्रमिक निर्धारण समितिको ध्यानाकर्षण गरेको छ ।
    पत्रकार महासंघका सचिव तथा श्रमजीवी हित प्रवद्र्धन समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा गएको समितिको प्रतिनिधिमण्डलले न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीलाई लिखित माग पत्र बुझाउदै २०७२ साल असारमा समितिले नेपाल सरकारसमक्ष सिफारिस गरेको न्यूनतम पारिश्रमिक अहिले समय सापेक्ष नदेखिएकाले यसलाई समयोचित बनाउन तत्काल पुनरावलोकन सिफारिस कार्यदल गठन गरी काम थाल्न अनुरोध गरेको छ ।

    यसरी पुनरावलोकन सिफारिस गर्दा तत्कालिन सुरेश आचार्य समितिले औल्याएको तहगत वर्गीकरणसहितको पुनरावलोकन गर्न, खेम भण्डारी समितिको प्रतिवेदनमा उल्लेखित तहगत वर्गीकरणमा परेका सबैको पारिश्रमिक न्यूनतम वृद्धिकै अनुपातमा वृद्धि, स्ट्न्जिरहरुको न्यायोचित व्यवस्थापन र हरेक महिना पूरा भएको पहिलो हप्ताभित्र बैकिङ प्रणालीबाट तलब भत्ता भुक्तानीको पारदर्शी व्यवस्था अनिवार्य गर्न ध्यानाकर्षण पनि गरिएको छ ।

    यी माग यथाशीघ्र सम्बोधन नगरे दबाबमा उत्रन बाध्य हुने चेतावनी पनि समितिले दिएको छ । प्रतिनिधिमण्डललमा समितिका सहसंयोजक जन्मदेव जैसी, सदस्यहरु यम विरही, टिकाराम प्रधान र टेकराज थामी सहभागी रहनु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार