२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

ग्रामिण वस्तिमा सर्वसुलभ ढंगको, स्वास्थ्य सेवाको अभाव


२८२४ पाठक संख्या

आर.एल. श्रेष्ठ ग्रामिण बस्तिमा बसोवास गर्ने सर्वसाधारण नेपाली जनताहरुले स्वस्थ्य सेवाको अभाव झेल्नु पर्ने अवस्था

  • नवसंकेत अनलाईन
  • २०७४ फागुन ९, बुधबार मा प्रकाशित ६ साल अघि
  • आर.एल. श्रेष्ठ
    ग्रामिण बस्तिमा बसोवास गर्ने सर्वसाधारण नेपाली जनताहरुले स्वस्थ्य सेवाको अभाव झेल्नु पर्ने अवस्था आएको छ । विकट साथै दुर्गम वस्तिहरुमा स्वस्थ्यको पहुंच नपुग्दा समस्या आएको हो । कतिपय स्थानमा भएको स्वास्थ्य केन्द्रहरुमा बिषयगत बिषेशज्ञता हासिल गरेकाको दर्बन्दि नहुनु र भएका ठाउंहरुमा पनि असुबिधाको कारण देखाउदै नियमित रुपमा उपस्थित नहुनु अर्को जटिल अवस्था हो । स्वास्थ्य केन्द्रहरुलाई उपलब्ध गराउनु पर्ने प्राबिधिक साथै राज्यले उपलब्ध गराउंदै आएको निःशुल्कमा पाईने औषधिको अभावमा उपचारबाट बञ्चित हुनुपरेको पर्याप्त उदाहरणहरु रहेको छ । सम्बन्धित जिल्ला स्वास्थ्य कार्यलयहरुले स्वास्थ्य केन्द्रहरुमा समयमा औषधिहरु उपलब्ध नगराउंदा थप समस्या आएको हो । स्वास्थ्य केन्द्रमा जचाउन गएका बिरामीहरुले सामान्य औषधि समेत नपाउंदा निजि औषधि पसलमा खरिद गर्नु पर्ने बाध्यात्मक अवस्था सृजना हुंदा गरिबिको रेखामुनि रहेका सर्वसाधारण जनता उपचारबाट बञ्चित हुनु परेको छ ।

    राज्यको तर्फबाट कतिपय स्थानमा स्वास्थ्य सेवा केन्द्रहरुको संञ्चालन गरेपनि सेवा सुबिधा नपाउंदा बिरामिहरु जानै छाडेको धेरै उदाहरणहरु रहेको छ । गाउंगाउंमा रहेको सेवा केन्द्रहरुमा दैनिक १०÷१५ जना विरामी जाने गरेको पाईदैन भने सोही ठाउमा संञ्चालन गरेको सामान्य निजि क्लिनिकहरुमा भिडम्भिड हुनाको प्रमुख कारण सम्बन्धित निकायले स्वास्थ्य सम्बन्धि चेतना साथै सेवा दिन नसक्नु हो । सेवा केन्द्रहरुमा सामान्य सिटामोल समेत नपाएर फर्कने बिरामीले पुन सेवा केन्द्रमा जाने चेष्टा गर्दैनन् । जसको कारण सेवा केन्द्र सुनसान हुन्छ भने निजिमा लामबद्ध । राज्यले नि ः शुल्क रुपमा ठुलै परिणाममा औषदि उपलब्ध गराएको डाटा हुन्छ तर विरामीले पाउंदैनन् ती निःशुल्कको नाममा आएको औषधिहरु काँहा कसरी खपत हुन्छ भन्ने बिषयमा सम्बनिधत निकायले चासो नदिदा पनि समस्या दिनपर दिन जटिल बन्दै गएको छ ।

    विकट ग्रामिण बस्तिमा बसोवास गर्ने स्थानियहरुको समयमा उपचार हुन नसक्दा अक्कालमा मृत्यु हुने गरेको छ । यातायातको अभाव साथै स्वास्थ्य सम्बन्धि पुर्ण जानकार हुन नसक्दा धेरैमा ठुलो पिडा पर्ने गरेको छ । बिशेष गरेर गरिवि तथा शिक्षाको पहुच पुग्न नसकेको बस्तिहरुमा अन्धविस्वासका कारण जटिल समस्या आउने गरेको प्रसस्तै उदाहरणहरु रहेका छन् । स्वास्थ्यमा समस्या आउना साथ अन्धविस्वासका कारण धामि झाँक्री लगाउने र मन्छिने नाउमा पशु पन्छिको बलि दिने समेत पुरानो प्रचलनलाई कतिपय ठाउमा अझैपनि निरन्तरता दिदै आएको पाईन्छ । यस्ता कार्यलाई निरन्तरता दिनु भनेको अज्ञानता हो । मानव स्वस्थ्य रहनको लागि पहिलो प्राथमिकता भनेको रोग लाग्नै नदिनु हो, जसको लागि दैनिक रुपमा गरिने खानपानमा सावधानि अपनाउनु साथै शारिरिक व्यायाम हो ।
    मानव स्वस्थ रहनको लागि अपनाउनु पर्ने अर्को महत्वपुर्ण बिषय भनेको सरसफाई हो । मानव शरिरमा रहेको महत्वपुर्ण अंगको सफाईमा ध्यान दिन सक्दा रोगले आक्रमण गर्ने कार्यमा कमि रहन्छ । पौटिक ढंगको खानपान लाई शरिरको आवस्यकताको आधारमा मात्र निरन्तरता दिनु अर्को स्वस्थ रहने प्रमुख उपाय हो । शरिरको लागि कुन समयमा कति कुन पौटिक तत्व आवस्यक पर्छ भन्ने बिषयमा जानकारी राख्न जरुरी हुन्छ । पौटिक तत्वको नाउमा शरिरलाई चाहिने भन्दा बढी खाएमा त्यसैले असर गर्छ भन्ने बिषयमा ध्यान दिन उत्तिकै आवस्यक रहन्छ । यसरि शरिलाई आवस्यक मात्रामा पौटिक तत्वहरु सेवन गर्दा रोगसंग लड्ने प्रतिरोधात्म शक्ति उत्पन्न हुनाले गर्दा रोगले छिटो अक्रमण गर्न सक्दै, यस्ता सवै खाले समस्या समाधानको लागि चेतनामा बिकास गर्न जरुरी छ ।

    मुलुकमा संघियता लागु भएको अवस्था छ , यस्तो अवस्थामा स्थानिय तहमा संञ्चालन भएको स्वास्थ्य सेवा केन्द्रलाई आवस्यक पर्ने उपकरण, औषधि, दक्ष जनशक्ति व्यवस्था गर्ने जिम्मा स्थानिय तहलाईनै हुने भएकोले आगामि दिनमा केहि सहजता हुन सक्ने अनुमान सर्वसाधारण जनताको रहेको छ । विगतमा केन्द्रिय स्तरबाट भै गरेका कार्यहरुमा भएको चुहावट, अनियमितता काम चोर प्रबिधिलाई मध्य नजर राख्दै स्थानिय तहले होसीयारी साथ व्यवस्थापन गर्न सके स्वस्थ्य क्षेत्रमा ठुलो फड्को मार्न सक्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार