२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नवप्रतिभाका ३६६ बिद्यार्थी पुरस्कृत, उत्कृष्ट कार्य गर्ने ७ शिक्षक सम्मानित


३०५४ पाठक संख्या

पाँचखाल-नवप्रतिभा माध्यमिक विद्यालयमा अध्ययन गर्ने ३ सय ६६ बिद्यार्थी पुरस्कृत भएका छन् । विद्यालयको बार्षिक

  • नवसंकेत अनलाईन
  • २०७४ फागुन ११, शुक्रबार मा प्रकाशित ६ साल अघि
  • पाँचखाल-नवप्रतिभा माध्यमिक विद्यालयमा अध्ययन गर्ने ३ सय ६६ बिद्यार्थी पुरस्कृत भएका छन् । विद्यालयको बार्षिक कार्य तालिका अनुसार संञ्चालन गरेको खेल सप्ताहमा सहभागि भई अब्बल भएका विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी प्रमाण पत्र र मेडल प्रदान गरेको थियो ।

    प्रमाण पत्र बितरण कार्यक्रममा विद्यालयका प्रिन्सिपल सरोज न्यौपानेले भन्नु भयो विद्यालयले गुणस्तरीय आधुनिक शिक्षाको साथमा विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलापमा पनि अब्बल बनाउन हर प्रयास गर्ने बताउनु भएको थियो । शैक्षिक गुठि अन्तर्गत विद्यालय सञ्चालन गरी पाँचखाल र आसपासको क्षेत्रमै नमुना ढंगबाट आधुनिक शिक्षा प्रदान गर्दै आएको नवप्रतिभा माबिको विद्यार्थी अनुसासित र अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट रहेको बताउनु भयो
    माघ १४ गतेबाट सुरु भएको खेल सप्ताहमा बिभिन्न ६० बिधाको खेलमा विद्यार्थीहरुले सहभागिता जनाएका थिए । सहभागि भएका बिद्यार्थी मध्य ३ सय ६६ जना उत्कृट भई प्रमाण पत्र साथै मेडलबाट सम्मानीत भएका थिए ।

    विद्यालयमा कार्यरत शिक्षक शिक्षिका मध्य ७ जनालाई सम्मान गरेको थियो । कार्य दक्षता साथै लगनसिलतालाई मध्यनजर राख्दै हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गरेको जानकारी प्राप्त भएको छ । जसमा पे्रमकला सापकोटा, अस्मिता श्रेष्ठ, विमला आचार्य, सुस्मिता श्रेष्ठ, अनिता तिमल्सिना, नवराज दनुवार र सरस्वति घिमिरे सम्मानित हुनु भएको थियो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुदर्सण आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रमा विद्यालयका पुर्व अध्यक्षहरु ईश्वरी राजकुमार मैनाली, प्रल्हाद प्रसाद पराजुली, रामहरी आचार्यले आ—आफ्नो धारणा राख्नु भएको थियो भने कार्यक्रम संञ्चालन बिजय घोरसाईने र तिर्थलाल कायष्ठले गर्नु भएको थियो । पुरस्कार बितरण कार्यको व्यवस्थित व्यवस्थापन विद्यालयका सह—प्रिन्सिपल सागर जंङ्ग दनुवारले गर्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार