२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

जैविक बिषादि वनाउन ड्रम बितरण


२२८३ पाठक संख्या

पाँचखाल-लवग्रीन नेपाल वातावरण मैत्रि एकीकृत दीगो विकास परियोजनाले पाँचखालमा रहेको सदावहार आइ.पि.एम.कृषक पाठसालामा सहभागि २६

  • नवसंकेत अनलाईन
  • २०७४ फागुन १२, शनिबार मा प्रकाशित ६ साल अघि
  • पाँचखाल-लवग्रीन नेपाल वातावरण मैत्रि एकीकृत दीगो विकास परियोजनाले पाँचखालमा रहेको सदावहार आइ.पि.एम.कृषक पाठसालामा सहभागि २६ अगुवा कृषकलाई जैविक बिषादि बनाउनको लागि ५२ थान ड्रम बितरण गरेको छ ।

    जाईका योकोहाना लवग्रीन जापानको सहयोगमा पाँचखालमा संञ्चालन भएको अगुवा कृषकहरुको समुहहरुलाई जैबिक बिषादिको माध्यमबाट ताजा तरकारी खेति गराउने उद्देस्यले कृषक पाठशालाहरु संञ्चालनमा ल्याएको छ । सदावहार आइ.पि.एम.कृषक पाठसाल संञ्चालन भएको ८ हप्ता पुगि ९ हप्तामा सुरु गरेको अवसरमा एक कार्यक्रमको आयोजना गरी ड्रम बितरण गरेको हो ।

    पाँचखाल नगरपालिका वडा नं ६ का वडा ध्यक्ष रामशरण दुलाल र संञ्चार कर्मी ईश्वरी राजकुमार मैनालीले संयुक्त रुपमा ड्रम वितरण गर्नु भएको थियो । उक्त कार्यक्रममा वडाध्यक्ष दुलालले जैविक तरकारी खेती पाँचखालको लागि आवस्यक भएको बताउनु भयो । पाँचखाको वातावरणलाई संरक्षण गर्न साथै कृषक र उपभोक्ताको हितको लागि जैबिक खेति अत्यन्त उपयोगि भएकोले त्यस्तो कार्यको लागि व्यक्तिगत रुपमा साथै वडाको तर्फबाट समेत सहयोग गर्ने बताउनु भयो । कृषक पाठशालामा सिकेको कुरालाई व्यवहारमा उतार्न जरुरी रहेकोले सहभागि अगुवा कृषकहरुले भावि दिनमा प्रशिक्षकको भुमिका निर्वाह गर्नु पर्ने बताउनु भएको थियो ।

    कार्यक्रममा संञ्चार कर्मी इश्वरी राजकुमार मैनालीले पाँचखालमा जैबिक बिधिबाट तरकारी उत्पादन गरेर आम उपभोक्ताहरुको हितको लागि कार्य गर्न अगुवा कृषकहरु कठिबद्ध हुनुपर्ने बताउनु भएको थियो । लवग्रीन नेपालको अगुवाईमा सुरु भएको यस्तो कार्यले पाँचखाल र आसपासका कृषकहरुको हितको लागि सकारात्मक भुमिक भएकोले कृषकहरुले सिकेको कुरा व्यवहारमा उतार्न जरुरी रहेको बताउनु भयो । बिषादिलाई लापर्वाहि ढंगबाट प्रयोग गर्दा वातावरण मात्र नभै प्रयोग कर्ताको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने भएकोले जैबिक बिषादिले कुनै नोकसान नगर्ने बताउनु भयो ।


    कार्यक्रममा प्रशिक्षक गोबिन्द पाण्डेले भन्नु भयो ताजा तरकारी खेतिको लागि पाँचखाल अत्यन्त राम्रो साथै उर्वरा भूमि भएकोले कृषकहरु र उपभोक्ताहरुको हितको खातिर जैबिक बिषादिको माध्यमबाट खेति गराउने बिषयमा कृषकलाई जागरुक बनाउने बताउनु भयो । निस्पक्षता साथै पारदर्शी ढंगबाट कार्य गरी आगामि ५ बर्ष सम्ममा पाँचखालमा उत्पादन हुने तरकारीमा बिषादि मुक्त तरकारी उत्पादन गर्ने वातावरण तयार गर्ने बताउनु भयो ।

    अगुवा कृषक केदार ढुंगानाको अध्यक्षतामा संञ्चालित कार्यक्रममा तिलका अधिकारीबाट मनोरञ्जनको भुमिका निर्वाह गर्नु भएको थियो । त्यसैगरी प्रेमकला साप्कोटाबाट प्रतिवेदन, नवराज श्रेष्ठबाट मुल्यांङ्कनको भुमिका निर्वाह गर्नु भएको थियो भने कार्यक्रम व्यवस्थापकको जिम्मेवारीमा ज्योति श्रेष्ठ रहनु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार