२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बासडोल सहकारीको नेतृत्वमा थापा, सहकारीमा लघुबित्त कार्यक्रम लागु गर्नु पर्छ – केसी


२६६८ पाठक संख्या

  बाँसडोल-बाँसडोल बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ

  • नवसंकेत अनलाईन
  • २०७४ फागुन १३, आईतबार मा प्रकाशित ६ साल अघि
  •  

    बाँसडोल-बाँसडोल बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बाट आगामी तीन बर्षको लागि नयाँ कार्यसमितिको चयन भएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि आलु सुपरजोन कार्यक्रमका जिल्ला सदस्य एवं संञ्चारकर्मी प्रदिप केसिले भन्नुभयो सहकारीहरुले शेयर सदस्यको हितको लागि संस्थामा लघुबित्त कार्यक्रम लागु गरेर अगाडि बढ्नु पर्ने बताउनु भएको थियो । उहाँले थप्नुभयो सहकारीहरुले बिगतको तुलनामा नयाँ ढंगले फड्को मार्नको लागि युवा स्वरोजगारसंग समन्वय गरेर सहुलियतमा लगानि गर्नुपर्ने बताउनु भएको थियो । मुलुकमा संघियता लागु भैसकेकोले स्थानिय तहले सहकारी सम्बन्धि निति नियम बनाउने हुंदा सहकारी र शेयर सदस्यहरुको हित हुने बताउनु भयो ।

    कार्यक्रममा सडक डिभिजन कार्यालयका डि.इ गोविन्द प्रशाद वाग्लेले सहकारीले शेयर सदस्यहरुको हितको खातिर गर्ने कार्य मध्य सेवा सुबिधालाई प्राथमिकता दिनु पर्ने बताउनु भएको थियो । समाजमा छरिएर रहेको पुंजिलाइ संङ्कलन गर्ने कार्य सहकारीले गर्दा आर्थिक उन्नति भएको बताउनु भयो । सहकारीहरुको उदय नहुंदा ग्रामिण वस्तिमा चर्को व्याजदरमा ठेकि काटेर आर्थिक कारोवार गर्न बाध्य भएकाहरु सहकारीको उदयको कारण त्यस्ता चर्को व्याजको मारमा पर्नु नपरेको बताउनु भयो ।

    संस्थाका अध्यक्ष श्रीबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा लेखा समिति संयोजक हरिशरण थापाले संस्थाको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । त्यसैगरी कोषाध्यक्ष रामचन्द्र थापाले आय व्यय बिवरण प्रस्तुत गर्नु भएको थियो । संस्थाका व्यवस्थापक राजेश थापाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने सचिव सुरथ बहादुर थापाले स्वागत मन्तव्य राख्नु भएको थियो ।

    साधारण सभाबाट निर्विरोध निर्वाचित भएका नयाँ कार्य समितिमा अध्यक्ष श्रीबहादुर थापा, उपाध्यक्ष जगन्नाथ केसी, सचिब सुरथ बहादुर थापा, कोषाध्यक्ष रामचन्द्र थापा रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा बासु बिष्ट, बासुदेव शर्मा, राजेश लामा, कमला शर्मा, लक्ष्मी थापा, भारती थापा, मिनबहादुर लामा रहनु भएको छ । लेखा समितिमा संयोजक हरिशरण थापा र सदस्यमा लक्ष्मण थापा त्यसैगरी ऋण उप समिति संयोजकमा राजेस तामाङ् र सदस्यमा राजकुमार थापा रहनु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार