२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

शु—शासनकोलागि सारथी नेपालको अन्तक्र्रिया


२५८५ पाठक संख्या

धुलिखेल-सामुदायिक सारथी नेपालको आयोजनामा पारस्परिक जवाफ देहिता स्थानिय पहल परियोजना अन्तर्गत वर्तमान समयमा शु—शासनका निम्ति

  • नवसंकेत अनलाईन
  • २०७४ फागुन १४, सोमबार मा प्रकाशित ६ साल अघि
  • धुलिखेल-सामुदायिक सारथी नेपालको आयोजनामा पारस्परिक जवाफ देहिता स्थानिय पहल परियोजना अन्तर्गत वर्तमान समयमा शु—शासनका निम्ति नागरीक समाजको भुमिका बिषयक अन्तक्र्रिया कार्यक्रम सोमबार धुलिखेलमा सम्पन्न भएको छ ।

    जिल्लामा रहेका कृयासिल पत्रकारहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा सामुदायिक सारथि नेपाल काभे्रका संयोजक राजाराम गौतमले बिषयबस्तुको उठान गरेपछि अन्तक्र्रियात्मक ढंगबाट छलफल भएको थियो । ०७२ मा आएको बिनासकारी भुकम्प बाट क्षति भई पिडित भएका पिडितहरुका बिषयमा पुनरनिर्माण प्राधिकरणले गरेको सकारात्मक नकारात्मक कार्य र मुलुक संघियतामा अगाडि बढिसकेको अवस्थामा स्थानिय तहबाट भएका कार्यहरुका बिषयमा छलफल भएको थियो ।

    कार्यक्रममा मानव अधिकार कर्मी भोजराज तिमल्सिनाले भन्नुभयो भूकम्प पिडितहरुले गर्नु पर्ने कार्यमा सम्बन्धित निकायले सकारात्मक भन्दा दुःख दिने नियतले कार्य गर्दा पिडित थप पिडामा छट्पटाएको बताउनु भयो । जिल्लामा पुनरनिर्माण कार्यको लागि पुरै बस्तिनै सार्नुपर्ने खासै नरहेपनि सम्बनिधत निकायको आलटालका कारण समस्या आएको बताउनु भयो । उहाँले थप्नुभयो संञ्चार कर्मीहरुले शु—शासन साथै सामाजिक हितको बिषयलाई प्राथमिकतामा राखि कलम चलाउनु पर्ने बताउनु भएको थियो ।

    कार्यक्रममा नेपाल पत्रकार महांसंघ काभे्र शाखाका उपाध्यक्ष रमशे न्यौपानेले, शु—शासनको लागि जिल्लामा रहेका सम्पुर्ण पत्रकारहरुले कलम चलाई रहेको बताउनु भयो । महांसंघले जिल्लाका कृयाशिल पत्रकारहरुसंग समन्वय गरेर अगाडि बढेको र सम्पुर्ण पत्रकारहरुको हत हित साथै निस्पक्ष ढंगको व्यवहार गर्दै अगाडि बढेको बताउनु भयो । कार्यक्रममा पे्रस काउन्सिल नेपालका सदस्य ईश्वरी ओझा, नेपाल पत्रकार महासंघ काभे्र शाखाका पुर्व अध्यक्ष महेशराज पौडेल, पे्रस चौतारी नेपालका केन्द्रिय उप—महासचिब हिरामान लामा, कान्तिपुर टेलिभिजनका रमा दाहाल लगायतका पत्रकारहरुले छलफल कार्यक्रममा भाग लिनु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार