२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

रोकिएन अबैध बालुवा कारोबार


७५१५ पाठक संख्या

पाँचखाल-नगरपालिका वडा नं १३ को वरबोट, सेराबेसी र तिमालबेसी लगायतका स्थानबाट अवैध रुपमा बालुवा चोरी

  • नवसंकेत अनलाईन
  • २०७४ फागुन २१, सोमबार मा प्रकाशित ६ साल अघि
  • पाँचखाल-नगरपालिका वडा नं १३ को वरबोट, सेराबेसी र तिमालबेसी लगायतका स्थानबाट अवैध रुपमा बालुवा चोरी निकासी हुने क्रम जारी रहेको छ । विगतमा दैनिक सयौं ट्रिपरले बालुवा ओसार पसार हुदा बिवाद भइ हाल फाट्ट फुट्ट मात्रामा ओसार्ने क्रम जारी रहेको छ ।

    स्थानियले अबैध रुपमा ओसार पसार भएको बालुवामा रोक लगाउनु पर्ने माग राख्दै नगरको कार्यालयमा ताला लगाएर उक्त कार्यको बिरोध गरेपछि जिल्ला समन्वय समितिको फागुन ६ गतेको पत्रलाई आधार मान्दै पाँचखाल नगरपालिको फागुन १० गते बसेको कार्यपालिकाको बैठकबाट बालुवा ओसारपसारमा रोक लगाउने निर्णय गरेपनि १३ नं वडा कार्यालयले १ हजार २ सयको आम्दानि रषिद काट्दै बालुवा बेच्ने कार्यलाई निरन्तरता दिएको छ ।

    पुसको अन्तिम हप्ताबाट बालुवा अबैध रुपमा ओसार पसार हुन थालेपछि चोरी निकासिको बिषयमा व्यापक बिवाद आएको थियो । पाँचखाल नगरको तर्फबाट माघ २३ गतेदेखि स्थलगत अनुगमन गरी २४ गते बाट नगरको आम्दानि गर्ने गरी १३ नं वडा कार्यालयले १ हजार २ सयको रषिदबाट आम्दानि गरी बालुवा ओसार्न दिने निर्णय भएकोमा स्थानियले बिरोध गरेका थिए । नगरको निर्णय हुनु अगाडि सादा विलमा वडाको छाप लगाएर बालुवा निकासि गर्ने कार्य भएको थियो । स्थानियले माघ २६ गते नगरको कार्यालयमा ताला लगाएर बिरोध गरेपछि ओसार पसारमा रोक लगाउने सहमति भएको थियो । सोहि सहमतिलाई कार्यान्वयनको लागि फागुन १० गते कार्यपालिकाको बैठक बोलाईएको थियो । बैठकको निर्णयबाट २६ गतेबाट रोक लगाएको कार्यलाई निरन्तरता दिने निर्णय गरेको थियो । तर १३ नं वडा कार्यालयले रषिद काटि गोप्य रुपमा निकासिलाई निरन्तरता दिएको रषिदहरु प्राप्त भएको छ ।

    कार्यपालिकको निर्णय अनुसार स्थानियलाई पुनर निर्माण गर्नुपर्ने कार्यको लागि अवस्यक पर्ने बालुवा ५ सयको आम्दानिको रषिदको आधारमा दिने निर्णय भएपनि १ हजार २ सयमा बेच्ने कार्य नरोकिदा पनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । नगरले रोक लगाएको उक्त बालुवा ढुवानि भई रहदा समेत सडकमा तैनाथ प्रहरी प्रसासनले समेत रोक तोक नलगाउनुमा रहस्य हुन सक्ने स्थानियहरुको भनाई रहेको छ । बालुवा लोड भई रहंदा स्थानियको लागि होला भनेर मौन रहेको तर आन्तरिक चुरो कुरो अर्कै थाहा भएकोले गोप्य रुपमा अनुसन्धान गरीरहेको एक स्थानियले जानकारी गराएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार