२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालका नेताले सम्झिय शहिद परिवारलाइ, फलफुलको झोला बोकेर नेताहरु घरघरमा


२६२५ पाठक संख्या

पाँचखाल-नेकपा माओवादी (केन्द्र) पाँचखालका नेताहरु शहिद परिवारको घरघरमा गएर भेटघाटमा जुटेका छन् । सहिद सप्ताहको

  • नवसंकेत अनलाईन
  • २०७४ फागुन २१, सोमबार मा प्रकाशित ६ साल अघि
  • पाँचखाल-नेकपा माओवादी (केन्द्र) पाँचखालका नेताहरु शहिद परिवारको घरघरमा गएर भेटघाटमा जुटेका छन् । सहिद सप्ताहको क्रममा पाँचखाल नगरमा रहेका १२ सहिद परिवार र ४ वेपत्ता परिवारलाई भेट्दै उनिहरुको अवस्थाका बारेमा जानकारी लिएका छन् ।

    २० र २१ गते र्दुइ दिन नेकपा माओवादी केन्द्र पाँचखाल नगरकमिटिको अध्यक्ष मणिराज गौतमको नेतृत्वमा नगर तथा क्षेत्रिय कमिटिका पदाधिकारीहरुले भेटघाट अभियान सञ्चालन गरेका थिए । अभियानमा सहिदपरिवारको अवस्था अन्तर्गत शिक्षा, स्वास्थ्य लगायतको बिषयमा जानकारी लिएका थिए ।
    भुकम्प बाट पिडित भएका सहिद परिवारहरुले राहत पाए नपाएको, पुनर निर्माण कार्यको अवस्था साथै सहिद परिवारको नाउमा राज्यवाट पाउनु पर्ने राहत पाए नपाएको साथै समस्याको बारेमा जानकारी लिएका थिए । अभियानको क्रममा स्थानिय तह संञ्चालन, बाम एकताको बिषयमा जानकारी दिने तथा शुझाव लिने समेतको कार्य भएको जानकारी प्राप्त भएको छ ।


    घरघरमा फलफुलको झोला बोकेर नेताहरु टुप्लुक्क आई पुग्दा कतिपय सहिद परिवारहरु भक्कानिदै जनदुद्धको क्रममा गुमाएका आफ्ना परिवारलाई सम्झदै आा बलिन्दरा वगाएको समेत पाईएको थियो । पुन समालिदै आफ्नो सन्तान गुमेपनि उनिहरुले हिडेको बाटो नविराईकन हिड्दै जनयुद्धकै यजेण्डा अनुसार कार्य हुदै गएकोमा सहिदको सपना पुरा हुनेमा आशाबादि हुदै नेताहरुलाई आसिर्वाद प्रदान गरेको दृस्यहरु पनि देखिन्थ्यो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार