२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

दुई नगरमा निःशुल्क प्राथमिक उपचारको लागि तालीम


३६२४ पाठक संख्या

राजाराम गौतम बनेपा-काभे्रमा रहेको स्थानिय तह मध्य बनेपा नगर र पनौती नगरमा निःशुल्क प्रथमिक उपचारको

  • नवसंकेत अनलाईन
  • २०७४ फागुन २१, सोमबार मा प्रकाशित ६ साल अघि
  • राजाराम गौतम

    बनेपा-काभे्रमा रहेको स्थानिय तह मध्य बनेपा नगर र पनौती नगरमा निःशुल्क प्रथमिक उपचारको लागि तालिम हुने भएको छ । नेपालको ७ जिल्लामा हुने उक्त ढंगको तालिम मध्य काभे्रको दुइ नगरमा हुने भएको हो । गैरआवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद युएईको पहल तथा डिस्कभरी रोयल स्पोट्र्स एल.एल सी को सहयोगमा तालिम हुने भएको छ ।

    गैरआवासिय नेपाली सघ एनआर एन युएईका एनसिसि सदस्य तथा डिस्कभरी रोयल स्पोट्र्स एल.एल.सिका प्रबन्ध निर्देशक ओम उप्रेती र पनौति बिकास समितिका अध्यक्ष राम कुमार बस्नेतका अनुसार काभ्रेको पनौतिपालिकाको वडा न ४ स्थित ताम्राकार पार्टि भेनु र बनेपा नपालिकाको बेलर स्कुलमा तालीम केन्द्रका लागि छनोट गरिएको छ ।

    उक्त दुई केन्द्रमा गरि १ सय ५० जना भन्दा धेरै प्रतिक्षार्थीले भाग लिने तयारी भएको छ । उक्त तालीमका लागि बनेपा ,पनौति नगरपालिका र सामाजिक सस्था , क्लबहरु, स्थानिय कलेज, क्याम्पस लगायतले तालीम प्रदान गर्न सहयोग गर्ने भएका छन् । तालीममा सहभागी हुन चाहाने प्रतिक्षार्थीले आफ्नो विवरण सहितको फारम भर्न तोकिएको केन्द्रमा सम्पर्क गर्न सकिने आयोजकले बताएका छन । तालिममा

    हिस्टेरिया,अंगभंग भएमा , निस्सासिएमा,विद्युत प्रबाह घात, सर्पको टोकाई,रक्तस्राव , आगोले पोल्नु , बिष सेवन, हृदयघात, किराको टोकाइ,  दम,  लु लाग्ने,  घनजवात, स्वास प्रस्वास र रक्तसञ्चार प्रणाली जस्ता महत्त्वपूर्ण प्रथामिक उपचार सम्बन्धि प्रशिक्षण प्रदान गरिने भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार