२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

सहकारीको स्थापना दिवसमा बृद्ध, बृद्धालाई फलफुल


३४१० पाठक संख्या

पनौती-एकीकृत साकोसले आफ्नो स्थापना दिवसको अवसरमा बृद्ध बृद्धाका लागि विभिन्न सामग्री वितरण गर्दै सम्मान गरेको

  • नवसंकेत अनलाईन
  • २०७४ फागुन २२, मंगलबार मा प्रकाशित ६ साल अघि
  • पनौती-एकीकृत साकोसले आफ्नो स्थापना दिवसको अवसरमा बृद्ध बृद्धाका लागि विभिन्न सामग्री वितरण गर्दै सम्मान गरेको छ । ऐतिहासिक पनौतीको त्रिवेणीधाममा रहेको प्राणनाथ माइती बृद्धाश्रममा रहेका बृद्ध, बृद्धाहरुलाई साकोसले खाद्यन्न तथा फलफूल वितरण गरेको थियो ।

    सकोसको ८ औं स्थापना दिवसको अवसरमा बृद्धाश्रममा रहेका बृद्धा बृद्धाहरुका लागि खाद्यन्न, फलफूल चिनी चिया लगाएतका सामग्री आश्रमका अध्यक्ष रघुनाथ तिमल्सिना मार्फत वितरण गरेको थियो । सामग्री ग्रहण गर्दै तिमल्सिनाले संस्थाले गरेको सहयोग बृद्धाश्रमका लागि यथेष्ट भएको बताउनु भएको थियो । विभिन्न संस्था तथा दाताकै सहयोगमा आश्रम संचालन भएको र पछिल्लो समयमा संस्था व्यक्तिहरुले समेत जन्म दिनमा आश्रममा आएर दान गर्ने कार्य बढेको उनले बताए ।

    आश्रममा ७ जना बृद्ध बद्धा बस्दै आएका छन् । सामग्री वितरण गर्दै संस्थाका अध्यक्ष सविन सुन्दर सैजुले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक बर्ष महिला, बालबालिका, बृद्धा तथा पछि परेका वर्गलाई समेटने गरी स्थापना दिवस मनाउने बताउनु भयो । संस्थाका सल्लाहाकार राजकुमार तिमल्सिनाले संस्थाले आर्थिक कारोबार बाहेक सामाजिक हितका विषयमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार