२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नगरले फोहोर व्यवस्थापन नगर्दा स्थानियलाई सास्ति


२६५३ पाठक संख्या

बनेपा -बनेपा नगरपालिकाले फोहोर व्यवस्थापन नगर्दा स्थानियलाइ सास्ति भएको छ । स्थानिय तहमा जनप्रतिनीधि नभएको

  • नवसंकेत अनलाईन
  • २०७४ फागुन २२, मंगलबार मा प्रकाशित ६ साल अघि
  • बनेपा -बनेपा नगरपालिकाले फोहोर व्यवस्थापन नगर्दा स्थानियलाइ सास्ति भएको छ । स्थानिय तहमा जनप्रतिनीधि नभएको अवस्थाको तुलनामा पछिल्लो समयमा नगरपालिका क्षेत्र भित्र जताततै फोहोरको थुप्रो देलिन्छ ।

    जताततै फोहोरै फोहोरको थुप्रोले गर्दा स्थायिहरुको स्वस्थ्यमा समेत प्रतिकुल असर हुने डरले फोहोरको डंगुरमै अगो लगाउने कार्य भएको थछ । गर्मी मौसममा फोहोरको कारणबाट हुन दुर्गन्ध र झिंगाको कारण रोग फैलने त्रासमा स्थानियहरु रहेका छन् । नगरले फोहोर नउठाएपछि स्थानियद्वारा हाइवेमै फोहोर जम्मा गरेर जलाउन थालेका छन् । बनेपा नगरपालिका कार्यालयको १ मिटरको दुरीमा थुपारीएको फोहोर नउठाएको भन्दै स्थानियहरूको सहभागितामा मुल सडकमा नै फोहोर संकलन गरेर जलाएका थिए ।

    त्यसैगरी नगर कार्यालयकै गेटमा रहेको फोहोर नउठाएर दुर्गन्धीत अवस्थामा रहेको छ । कुहिने फोहोरले गर्दा अशपासका स्थानमा व्यवसाय गरी बस्नेहरुलाई समेत समस्या परेको छ । फोहोर व्यवस्थापन नभएको बिषयमा नगरका मेयर लक्ष्मी नर सिंह बादेसंग सम्पर्क गर्दा फोहोर व्यवस्थापन कार्यको लागि दिर्घकालिन योजना बनाउदै गरेको बताउुं भयो । प्रबिधिक कारणले गर्दा एक दुई दिन फोहोर उठाउन नसक्द केहि समस्या आएको बताउनु भयो । नगरलाई पुर्ण रुपमा सफा गर्नको लागि जथाभाबि फोहोर फाल्नेलाई कारवाहि गर्ने बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार