२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

रोजगारी पाउने आशामा ठगिए युवाहरु


२१९१ पाठक संख्या

बनेपा-धेरै कमाई गर्ने आशामा रहेका युवाहरु ठगको फन्दामा परेका छन् । नेपालमै बसेर आफ्नो गुजारा

  • नवसंकेत अनलाईन
  • २०७४ फागुन २२, मंगलबार मा प्रकाशित ६ साल अघि
  • बनेपा-धेरै कमाई गर्ने आशामा रहेका युवाहरु ठगको फन्दामा परेका छन् । नेपालमै बसेर आफ्नो गुजारा चलाउंदै आएका युवाहरुलाई धेरै कमाउने प्रलोभनामा पारी घरन घाटको अवस्थामा पु¥याएका छन् ।

    गाउँमै शिक्षण गर्दै आएका खानीखोला ६ का राजेन्द्र थोकर आफ्नो कमाईबाट राम्रोसंग घरवहार चलाउन नसकेको महसुस गर्दै वैकल्पिक रोजगारीको खोजिमा थिए । धेरै कमाउनको लागि बाटो खोज्दै गर्दा गाउँकै चिनजानका प्रेम लामाले उनको सपना साकार पार्ने बताएपछि मख्ख पर्दै उनको भनाई अनुसार अगाडि बढ्दा “चोक्टा खान गएकी बुडी झोलमा डुबेर मरी” जस्तै साबित हुन पुग्यो ।
    पे्रम लाले म्यानेजर बनाइदिने पहिलो महिना ४० हजार, दोस्रो महिनामा ८० र १० महिनापछि एक लाख २० हजार तलबको व्यवस्था हुने भन्दै काम मिलाउनको लागि २ लाख ८ हजार रकमको अफर गरे । प्रेमको अफर अनुसारको रकम दिएर पछि लाग्दा विरगञ्ज हुँदै मोतिहारी पुगे पछि आफु ठगिएको थाहा पाए ।

    थोकरलाई जस्तै छिमेकी देश भारतलगायतका विभिन्न मुलुकमा राम्रो काम लगाइदिने र राम्रो पारिश्रमिक पाउने भन्दै युवाहरुलाइए ठगी गर्ने गिरोहका नाइके प्रहरी फन्दामा परेका छन् । उनीहरु माथि ठगी मुद्धा चलाइएको छ । १८ देखी २३ बर्ष उमेर समूहका करिब दुई सय भन्दा बढी युवाहरुलाई राम्रो रोजगारको लोभमा भारतको मोतिहारीमा पु¥याउने र रकम लिएपछि रोजगार नदिइ ठग्ने गिरोह नै सक्रिय रहेको पाइएको हो ।

    भारतको मोतिहारीमा रहेको ‘आइकोनिक टे«डमार्क कम्पनी’ को नाममा रु २ लाख ८ हजार नगद लिएको भौचर दिँदै ठगी गरेको पिडित पक्षको भनाई छ । पहिले त रोजगार दिन्छौ भनेर फकाई फकाई पैसा असुले पनि अन्त्यमा खोइत रोजगार भन्यो भन्ने उल्टै मार्ने सम्मको धम्की आउन थालेपछि भागेर नेपाल आएको पीडितहरुले गुनासो गरेका छन ।

    पे्रमको चङ्गुलमा फसेका युवाहरुले ठगीएको सुईको पाएछि आफ्नो गुमेको रकम फिर्ता गर्दै ठगलाई कारबाहिको लागि प्रहरी र पत्रकारलाई गुहारेका छन् । शनिवार पत्रकार भेटन आइपुगेका उनीहरुले राम्रो काम र उचित पारिश्रमिक पाउने लोभमै आफुहरु ठगिएको बतए । ‘राम्रो रोजगारी दिने तर त्यसका लागि दुई लाख रकम दिनुपर्ने उनीहरुको माग भएपछि हामीले रकम दियौ,बीरगञ्जमा नै रोजगारी दिने भनेर गिरोहले भन्ने गरेको तर पछि त्यहाँ ठाउँ खाली नरहेको भन्दै भारतको मोतियारी लैजाने गरेको सिन्धुली जिल्ला फिकल ४ का मिलन पहाडीको भनाई थियो । खानीखोला ५ का विवेक वाइवा टुरिष्ट गाइडको जागिर छाडेर उनीहरुले लगाइदिने भनिएको कामको पछि लागेको बताए । सिजनमा त ३०÷३५ हजार कमाउँथे नी , छिटै बढी कमाउन त भन्ने लोभमा पर्दा रोजगार र पैसा दुबै गयो ,उनले थपे । उनले प्रेम लामालाई पक्राउ गरेर प्रहरीलाई जिम्मा दिएको बताउँदै अन्य समेत फेला पर्नेमा आशाबादी रहेको बताए ।

    उनीहरुका अनुसार विभिन्न जिल्लाका युवाहरु करिब दुई सय भन्दा बढी भारतको मोतिहारी जिल्लाको फुसुप भन्ने ठाउँमा अलपत्र परेका छन् । एक नेपालीले अर्काे नेपालीलाई भेटघाट गर्न समेत नदिइकन, परिवारमा सम्पर्क विहिन बनाउँदै उनीहरुले रकम लिने र आफुहरु जस्तै अरुबाट पनि पैसा असुलेर काममा ल्याए पेसामा लगाइदिने भन्ने गरेकोे पीडितहरुको भनाई छ ।

    जिल्ला प्रहरी कार्यालयमा पीडित राजेन्द्र थोकर र इमान सिं थोकरले दिएको उजूरीमा बारा जिल्ला घर बताउने संजय रेस्मी मगर, रौतहट जिल्ला घर बताउने अमित तिमल्सिना, बारा जिल्ला घर बताउने उदयराज पाण्डे, काभे्र जिल्ला खानी खोला गाउँपालिका प्रेम लामा, तारा थापामगर, रौतहटका राजू लामा लगायत ठगीमा संग्लन रहेको जनाइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार