२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

दलित परिवर्तन समाजको भेला सम्पन्न


२८९६ पाठक संख्या

पाँचखाल-“श्रम चल्छ, सिप चल्छ तर पानी चल्दैन” किन ? भन्ने भनाईका साथमा दलित परिवर्तन समाज

  • नवसंकेत अनलाईन
  • २०७४ चैत्र १४, बुधबार मा प्रकाशित ६ साल अघि
  • पाँचखाल-“श्रम चल्छ, सिप चल्छ तर पानी चल्दैन” किन ? भन्ने भनाईका साथमा दलित परिवर्तन समाज पाँचखालले बृहत भेला गरी विभेदको अन्त्यको लागि पहल गर्ने भएको छ ।

    पाँचखाल नगरपालिका भित्र बसोवास गर्ने २ सय २० दलित घरपरिवारको उपस्थितिमा पाँचखाल नगरपालिका वडा नं ६ जैसिडिहिमा भेला सम्पन्न भएको थियो । भेलाले बिभेदबाट मुक्ति अभियानको लागि १९ सदस्यिय तदर्थ समिति गठन गरेको छ । जसको अध्यक्षमा प्रकाश मिजार, उपाध्यक्ष जमुना बिक, कोषाध्यक्ष सुमित्रा परियार, सचिव तेजवहादुर मिजार र सह—सचिब सुदिन कोईराला रहेका छन् ।

    भेलाको आयोजना गर्नाको प्रमुख कारण दलित दलित विचको बिभेदको अन्त्य गर्ने साथै गैर दलितको हेपावडको बिरुद्धमा उत्रने रहेको थियो । दलित (दमाई, कामी र सार्की) बिचमा बिगतमा भएको बिभेद पुर्ण रुपमा निर्मुल भैनसकेकोले एकताको लागि भेला आयोजना गरेको जानकारी प्राप्त भएको छ । दलित दलित बिचको छुवाछुतलाई अन्त्य गर्दै शुभ असुभ कार्यमा एकताको साथ अगाडी बढ्ने भएको छ ।

    भेला आयोज समितिका संयोजक प्रकाश मिजारको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि दलित नेता एवं पुर्व सभासद तेजवहादुर मिजार रहनु भएको थियो । कार्यक्रममा पाँचखाल वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलाल, माओवादी केन्द्रका केन्द्रिय सदस्य सागर मिजार, पाँचखाल नगर कार्यपालिकाका सदस्य हरिशरण मिजार र जमुना बिक, दलित नेता बुद्धिलाल दिवालि लगायतले आ—आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य सुदिप कोईरालाले राख्नु भएको थियो भने कार्यक्रमको संञ्चालन किशोर मिजारले गर्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार