२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पानी सँगै आयो नयाँ बिहानी


३२८३ पाठक संख्या

राजाराम गौतम भुम्लु -दिन होस या रात होस भुम्लु गाउँपालिका वडा नं १० दोलालघाटका महिला,

  • नवसंकेत अनलाईन
  • २०७४ चैत्र २०, मंगलबार मा प्रकाशित ६ साल अघि
  • राजाराम गौतम
    भुम्लु -दिन होस या रात होस भुम्लु गाउँपालिका वडा नं १० दोलालघाटका महिला, बालबालिकाको एउटै मात्र ध्याउन्न हुन्थ्यो खानेपानी जुटाउने । वर्षौ देखिको दिनचर्या थियो पानी जहाँ पाईन्छ त्यो ठाउँमा गयो र पानी ओसा¥यो ।

    एक गाग्रो पानीको लागि ३ घण्टा सम्म समय लाग्ने गरेको भुम्लु गाउँपालिका वडा नं १० कि फुलमाया तामाङ बताउनु हुन्छ । पानी कै कारण उहाँले न बस्तु भाउ राम्रो सँग पाल्न सक्नुभएको छ न तरकारी खेति बारे सोच्ननै पाउनु भएको छ । घरका सबै सदस्य दिन रात पानीकै लागि दोडधुप गरिरहनु पर्ने उनिहरुको बाध्यता रहेको थियो । पानीको अभावका कारण बालबालिकाको पढाई समेत प्रभावित भैरहेको थियो । फुलमायाले राम्रो सँग निदाउन नपाएको पनि बर्षौ भैसकयो । फुलमाया एउटा प्रतिनिधि पात्र मात्र हुन । गाउँ का सबैको समस्या उस्तै छ ।
    अब भने फुलमायाले राम्रो सँग निदाउन पाउने भएकि छिन । उनका छोराछोरिले समयमै विद्यालय जान पाउने छन् । किनकि अब उनको घर अगाडि पानीको धारो आएको छ ।

    नेपाल रेडक्रश सोसाईटि केन्द्रिय कार्यालयको समन्वय डेनिस रेडक्रस कन्र्सोटियम टिमको मुख्य सहयोग तथा नेपाल सरकार खानेपानी तथा सरसफाई डिभिजन कार्यालय काभ्रेपलाञ्चोक र एलडिएस च्यारिटिको सहयोगमा नेपाल रेडक्रश सोसाईटि काभ्रेपलाञ्चोक जिल्ला शाखाद्धारा चिलाउने पानी दोभान लिफ्टिङ खानेपानी आयोजना सफलता पुर्वक सम्पन्न भएर उपभोक्तलाई हस्तान्तरण गरिएको छ । चैत्र २८ गते नेपाल रेडक्रश सोसाईटीका अध्यक्ष संजीव थापाले एक कार्यक्रमका बिच उक्त खानेपानी आयोजना उपभोक्तालाई हस्तान्तरण गर्नु भएको छ ।

    पानी आएपछि समयको बचत हुने भएको छ । हिजोको दिनमा घण्टौं कुरेर पनी पानी नपाएर घर फर्केको पिडा सुनाउँदै सिता तामाङ भन्नुहुन्छ ः – “अब सुःखका दिन आयो । मजाले पानी खान पाउने भइयो । बटुवाले पानी माग्दा समेत दिन नपरे हुन्थ्यो भन्ने लाग्थ्यो । अब ति दिन गए अब बचेको पानीले करेसाबारी बनाउने सोचमा छु । पानी पानी भन्दा गयो जिन्दगानि झैं भएको थियो । अब भने घर अगाडि धारो झरेको छ । खुःशि को सिमा छैन । ”

    पानी आए सँगै भुकम्प पछाडि घर बनाउन थालेकी माईलि तामाङ पनी आफ्नो खुःसि यसरी साट्नुहुन्छ  – “पानी नभएर बनाउँदै गरेको घर बिचमै पो छोड्नु पर्ला जस्तो भएको थियो । एक गाग्रो पानी लिन ३ घण्टा सम्म लाग्ने अब त धारो खोले पछि आँगनमै पानी खस्ने । घर पनी अब चै बनाउन सजिलो भयो । पानी नभएर गाउँनै उजाड जस्तो लाग्थ्यो । भएको एउटा कुवामा पानीको पालो पाउनै नसकिने, रातभर कुर्दा पनी पालो पनी नआउने अनी कुवामा पानी पनि सकिने कति दिन घण्टौं लाईनमा बसेर रित्तै भाँडो घर फर्केका छौं । ” यसो भनि रहँदा माईली तामाङको गहभरी आँसु देखिन्थ्यो ।

    चिलाउने पानी दोभान लिफ्टिङ खानेपानी आयोजना कुल १ करोड ७७ लाख ९६ हजार ८३४ रुपैयाको लागतमा सम्पन्न आयोजनाले २ सय ४७ घर धुरीका करिब १५ सय भन्दा बडि उपभोक्ता, २ वटा विद्यालय, १ वटा स्वास्थय चौकि मार्फत उपभोक्ता लाभान्वित हुने जिल्ला रेडक्रस सोसाईटिका सभापति रघुवर चौ प्रधानले जानकारी दिनुभयो । प्रधानका अनुसार नेपाल रेडक्रस सोसाईटिले गरेका काम मध्ये यो कामबाट उहाँ आफै पनि निकै सन्तुष्ट रहनु भएको छ । धारा जोड्ने काम अझै जारी रहेको छ । आयोजनाको ग्याबिनबक्स सहितको स्रोत संरक्षण् १ वटा, इन्टेक १ वटा, ट्रान्समिसन लाईन जडान, पम्पसेट जडान ३ वटा, पम्पहाउस निर्माण (शौचालय सहित) २ वटा, ३२ हजार लिटर क्षमताको ३ वटा ट्याङकी, विद्युतिकरण सम्बन्धि कार्य, पाईप लाईन सम्बन्धि कार्य, बारबेर सम्बन्धि कार्य ३ स्थानमा, बे्रक प्रेसर ट्याङकी ३ वटा (मर्मत सुधार) गरेको थियो ।
    खानेपानी हस्तान्तरण भैरहँदा बाजा गाजा सहित गाउँमै छुट्टै रौनकता छाईरहेको थियो । मानिसहरु भन्दै थिए पानी सँग भुम्लुमा नयाँ बिहानी आएको छ । यो अवसरमा भए पनि यो बाजामा एक पटक मजैले नाचिन्छ । छम…छम…।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार