२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा कृषि बजार र बसपार्क बन्ने


४०५० पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७४ चैत्र २२, बिहिबार मा प्रकाशित ६ साल अघि
  • पाँचखाल-पाँचखाल नगरपालिका भित्र आधुनिक ढंगको बस पार्क निर्माणको लागि प्रकृया अगाडी बढेको छ । पाँचखाल हुदै बिभिन्न स्थानमा सञ्चालन हुने यात्रुवाहक बसहरुलाई सहज व्यवस्थापन गर्ने उद्देस्यका साथ पाँचखालमा बस पार्क निर्माण हुन लागेको हो ।

    त्यसैगरी कृषि नगरीको रुपमा अगाढी बढेको पाँचखालका कृषकहरुको समस्यालाई मध्य नजर राख्दै कृषि बजार निर्माण गर्ने भएको छ । कृषकहरुले उत्पादन गरेको बिभिन्न कृषि उपचको बेचबिखनको लागि बजारको व्यवस्था नहुंदा समस्या परेकोले कृषि बजारको व्यवस्था गर्न लागेको जानकारी प्राप्त भएको छ ।

    पाँचखाल नगरका मेयर महेश खरेलका अनुसार आफुले पाँचखाल नगरमा बस पार्कको साथै कृषि बजारको आवस्यकता देखेकोले सो दुवै समस्या समाधानको लागि ४० करोड रकमको माग गरेको वताउनु भयो । मेयर खरेलले थप्नुभयो उक्त बिकास निर्माणको कार्य गर्न नगर बिकाश कोषसंग माग गरेकोमा डि.पि.आर. (लागत अनुमान) को लागि ९ लाख ९० हजार बजेट निकासा भएको बताउनु भयो । डि.पि.आर.को काम सकिने बित्तिकै कुल लागत कति लाग्ने भन्ने जानकारी हुने र सोही आधारमा बजेट व्यवस्ता हुने वताउनु भयो । बस पार्क तथा कृषि बजार स्थल निर्माणको लागि कार्यपालिकाको बैठक निर्णय अनुसार जग्गाको छनोट गरीने र सोहि जग्गामा निर्माण गर्ने मेयर खरेलले बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार