२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

अबैध कारोबार रोक्न नगरको पत्र, नगरमा कुनैपनि अवैध कार्य हुन दिन्नौ – खरेल


२३७९ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७४ चैत्र २२, बिहिबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-नगरपालिका वडा नं १३ को वरबोट, सेराबेसी र तिमालबेसी लगायतका स्थानबाट अवैध रुपमा रातिको समयमा बालुवा चोरी निकासी हुन सक्ने आशंङ्कामा पाँचखाल नगरपालिकाले वडा नं १३ का वडा अध्यक्ष साथै प्रहरीलाई ताकेता पत्र पठाएको छ । जिल्ला प्रशासन कार्यालय काभे्पलाञ्चोक, जिल्ला प्रहरी कार्यालय काभे् र जिल्ला समन्वय समिति काभे्रलाई बोधार्थ दिदै पत्र काटेको हो । पत्रमा वालुवा चोरी निकासी कार्य नरोकिएको भन्ने जनगुनासो आएकोले तत्काल उक्त कार्य रोक्न भन्दै उल्लेख गरेको छ ।

    स्थानियले अबैध रुपमा ओसार पसार भएको बालुवामा रोक लगाउनु पर्ने माग राख्दै नगर समक्ष सुझाव दिएपछि, जिल्ला समन्वय समितिको फागुन ६ गतेको पत्रलाई आधार मान्दै पाँचखाल नगरपालिको फागुन १० गते बसेको कार्यपालिकाको बैठकबाट बालुवा ओसारपसारमा रोक लगाउने निर्णय गरेको थियो । नगरको निर्णयलाई अटेर गर्दै रातिको समयमा चोरी हुने गरेको गुनासोको आधारमा नगरपालिका चनाखो भएको छ । नगरको तर्फबाट गोप्य रुपमा रातिको समयमा बालुवा चोरी भए नभएको बुझ्ने कार्य समेत हुदै आएको जानकारी प्राप्त भएको छ ।

    पुसको अन्तिम हप्ताबाट बालुवा अबैध रुपमा ओसार पसार हुन थालेपछि स्थानियले सो कार्य रोक्नको लागि नगर समक्ष सुझाव दिएका थिए । कार्यपालिका बैठकको निर्णयबाट २६ गतेबाट रोक लगाएको कार्यलाई निरन्तरता दिने निर्णय गरेको थियो । कार्यपालिकको निर्णय अनुसार स्थानियलाई पुनर निर्माण गर्नुपर्ने कार्यको लागि अवस्यक पर्ने बालुवा ५ सयको आम्दानिको रषिदको आधारमा दिने निर्णय भएको थियो ।

    नगरले रोक लगाएको उक्त बालुवा रातिको समयमा चोरी निकास हुदा समेत सडकमा तैनाथ प्रहरी प्रसासनले वास्ता नगर्नुले समस्या आएको हो । प्रहरीले अबैध वालुवाको बिषयमा खासै चासो नदिदा रातिको समयमा वालुवा चोरी हुने गरेको स्थानियको भनाई रहेको छ । स्थानियको भनाईलाई मध्य नजर राख्दै नगरले प्रहरी चौकी तिमालबेसी साथै जिल्ला प्रहरी कार्यालयलाई समेत वालुवा रोक्नको लागि जानकारी गराएको छ ।

    यसै बिषयमा पाँचखाल नगरपालिकाका मेयर महेश खरेललाई सम्पर्क गर्दा पाँचखाल नगरपालिका भित्र कुनै पनि प्रकारको अवैध धन्दा गर्न नदिने बताउनु भयोे । अवैध रुपमा वालुवा चोरी निकासी भएको भन्ने स्थानियको भनाईलाई मध्य नजर राख्दै सो कार्य बन्द गरेका छौं । रातिको समयमा लुकि छिपि चोरी हुंदैछ भन्ने हल्ला आएको छ, तर फेला परेको छैन । हल्ला आउना साथ गोप्य रुपमा नगरको तर्फबाट समेत निगरानि राख्दै आएको र प्रहरीलाई समेत सचेत हुन पत्र काटेका छौं, यदि फेला परेमा कडा भन्दा कडा कारवाहिको लागि कानुनि ढंगबाट अगाडि बढ्ने मेयर खरेलको भनाई रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार