२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा निःशुल्क आँखा शिविर सम्पन्न


२७१४ पाठक संख्या

पाँचखाल-पाँचखाल र आसपासको स्थालाई मध्यनजर राख्दै संञ्चालन गरेको निःशुल्क शिबिरमा २ सय जनाले परिक्षण गराएका

  • नवसंकेत अनलाईन
  • २०७४ चैत्र २३, शुक्रबार मा प्रकाशित ६ साल अघि
  • पाँचखाल-पाँचखाल र आसपासको स्थालाई मध्यनजर राख्दै संञ्चालन गरेको निःशुल्क शिबिरमा २ सय जनाले परिक्षण गराएका थिए । परिक्षणमा आँखाको अपे्रशन गर्नुपर्ने विरामीको संख्या १७ रहेको थियो ।

    राधा माधव समिति तिनपिप्ले र डिभाईन युवा क्लब पाँचखालकोे संयुक्त आयोजनामा सम्पन्न भएको उक्त शिबिरको लागि काभे्र बनेपामा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पतालले प्राबिधिक सहयोग गरेको थियो ।
    शिबिरमा आँखाको अपे्रसन गर्नुपर्ने १७ बिरामी मध्य ४ जना अति बिपन्न परिवारको भएकोले सो ४ जनालाई निःशुल्क अप्रेशन र अन्य १३ जनालाई न्युनतम शुल्कमा अपे्रसन गर्ने सहयोगी रेयुकाई आँखा अस्पतालले जनाएको छ,

    पाँचखाल नगरपालिकाका कार्यकारी अधिकृत भोला प्रसाद चापागाइको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि चापागाईले भन्नुभयो सामाजिक सेवा साथै स्थानिय वासिको हितको खातिर गरीने कुनै पनि कार्यमा नगरको तर्फबाट पुर्ण रुपमा साथ सहयोग रहने बताउनु भएको थियो । राधा माधव समितिका अध्यक्ष बिष्णुहरी पौडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको समापन गर्दै सभापति पौडेलले समाजको हितहुने ढंगको बिबिध कार्यक्रमहरु राधा माधव समितिले निरन्तर रुपमा गर्दै जाने बताउनु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार