२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

जापानिजले वनाई दिए विद्यालय, लवग्रीनले बिद्यालय भवन हस्तान्तरण


२८९० पाठक संख्या

भकुण्डे-गुणस्तरीय शिक्षाको लागि सुरक्षीत भवनको आवस्यक महसुस गर्दै विगत लामो समयदेखि जिर्ण बिद्यालय भवन बनाउंदै

  • नवसंकेत अनलाईन
  • २०७४ चैत्र २६, सोमबार मा प्रकाशित ६ साल अघि
  • भकुण्डे-गुणस्तरीय शिक्षाको लागि सुरक्षीत भवनको आवस्यक महसुस गर्दै विगत लामो समयदेखि जिर्ण बिद्यालय भवन बनाउंदै आएको लवग्रीन नेपालको सहजिकरणमा जापान स्थित एल्सराइन जापनको आर्थिक सहयोगमा जनकल्याण मा.वि.को भवन निर्माण गरी हस्तान्तरण गरेको छ ।

    नमोबुद्ध नगरपालिका २ मा रहेको उक्त भवन अव सुबिधा सम्पन्नको साथै आधुनिक ढंगबाट निर्माण भएको छ । नगरका मेयर टिपी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यतामा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नगर प्रमुख शर्माले लगग्रीन नेपालले गर्दै आएको कार्यको बिषयमा चर्चा गर्नु भएको थियो । उहाँले थप्नुभयो लवग्रीनले जस्तै अनय संघ संस्थाले पनि यसरीनै पारदर्सीताको आधारमा कार्य गर्ने हो भने गैर सहकारी संस्था प्रति नेपाली जनताको हेर्ने दृष्टिकोण सकारात्मक हुने बताउनु भएको थियो । प्रमुख अतिथि शर्माले देश समृद्धितर्फ अघि बढेकोले यसको लागि गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता रहेको बताउनु भयो । देशलाई समृद्ध बनाउन शैक्षिक संस्थाको उल्लेख्य भूमिका रहने हुनाले शैक्षिक संस्थाहरुलाई बालबालिका मैत्री बनाउनुपर्ने धारणा राख्नु भएको थियो ।

    कार्यक्रममा भवन निर्माणका सहयोगी संस्था एल्सराइन जापानकी प्रतिनिधी ताजुको मुराकोसीले नवनिर्मत भवनको रिवन काटी उद्घाटन गर्नु भएको थियो । बालबालिकाको क्षमता विकासमा महत्वपूर्ण भूमिका रहने विद्यालय भवन निर्माण जस्तो महत्वपूर्ण कार्यमा सहयोग गर्न पाउँदा आफु खुशी रहेको बताउनु भएको थियो । बालबालिकाहरुले आफ्नो भविष्य निर्माणका लागि आवश्यक शिक्षा लिन भवन उपयोगी हुने अपेक्षा रहेको उहाँको तर्क थियो । एल्सराइनकी उपाध्यक्ष इतो तानीले पनि विद्यार्थीहरुको खुसिनै आफ्नो खुसि भएको बताउनु भएको थियो ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक लक्ष्मी अधिकारीले अतिथिहरुलाई स्वागत गर्नुभएको थियो । नव निर्मित भवन एल्सराइन जापानको आर्थिक सहयोगमा लवग्रीन नेपालले निर्माण गरेको हो । ३६ लाखको लागतमा निर्माण भएको विद्यालय भवनमा रेलिङ, भ¥याङ तथा विद्यार्थी फर्निचर भने विद्यालयले आफ्नै स्रोतबाट निर्माण गरिएको विद्यालयले जनाएको छ । विद्यालयका सहायक प्रधानाध्यापक गोविन्दप्रसाद शर्माले विद्यालय भवन निर्माण परियोजनाको प्रगति विवरण पेश गर्नु भएको थियो ।

    कार्यक्रममा विद्यालय भवनमा आर्थिक सहयोग पु¥याउने एल्सराइन जापानकी इचुको यामागुसीलाई मायाको चिनो तथा लवग्रीन नेपालका उपाध्यक्ष राजिवरत्न शाक्यलाई सहयोगको कदर गर्दै कदर पत्रले सम्मान गरिएको थियो । सो अवसरमा विद्यालयका विद्यार्थीहरुले आकर्षक नृत्यहरु प्रस्तुत गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार