२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

चलचित्र सय दिन छायान्कन तिब्र गतिमा


२१४८ पाठक संख्या

ऋतु श्रीवास्तब काठमाण्डौ-चलचित्र ‘सय दिन’को छायाँकन तिब्र गतिमा अगाडि बढेको छ । छयान्कनको सुरुवात खोकना

  • नवसंकेत अनलाईन
  • २०७४ चैत्र २६, सोमबार मा प्रकाशित ६ साल अघि
  • ऋतु श्रीवास्तब
    काठमाण्डौ-चलचित्र ‘सय दिन’को छायाँकन तिब्र गतिमा अगाडि बढेको छ । छयान्कनको सुरुवात खोकना सोखेलमा कलाकारहरु अमरकृष्ण चन्द, अरुणजंग शाही तथा शोभा प्रधानको अभिनय छायाँकन गरी सुरुवात गरिएको हो ।

    हाल सम्म चल्दै आएको चलचित्र मध्य बिल्कुलै फरक ढंगको समसामयिक सामाजिक विषयलाई समेटेर कथावस्तुमा तयार हुन लागेको जानकारी प्राप्त भएको छ । अल्टर इनटरनेशनल मिडियाको प्रस्तुति रहेको उक्त चलचित्र ‘सय दिन’ को प्रशान्ती लामा शाही ठकुरी निर्माता रहेको छ ।

    चलचित्रको सम्पूर्ण कार्य यसै महिना भित्र सम्पन हुने निर्देशक शाहीले बताउनु भएको छ । पृथक धारमा निर्माण भईरहेको चलचित्र ‘सय दिन’ अगस्ट महिना भित्रै रिलिज गरिने अल्टर मिडियाले जनाएको छ । प्रतिभाशाली निर्देशक अरुणजंग शाहीको नयाँ चलचित्र ‘सय दिन’ को छायाँकन सुरु भएको हो । थुप्रै वृत्तचित्र तथा चलचित्र निर्माण तथा निर्देशन गरिसकेका शाहीका चलचित्र ‘सय दिन’मा कथा निर्देशन अरुणजंग शाही ठकुरीको रहेको छ । सय दिनमा अमरकृष्ण चन्द, अरुणजंग शाही, रामकुमार देउला, शोभा प्रधान, राकेश कार्की, संगिता थामी, सबिना हुमागाई लगायतको जिवन्त अभिनय रहने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार