नेपाल पत्रकार महासंघले सगरमाथा आरोहणमा जान लाग्नु भएकी महिला पत्रकार डोमा शेर्पालाई एक कार्यक्रमको आयोजना
नवसंकेत अनलाईन
नेपाल पत्रकार महासंघले सगरमाथा आरोहणमा जान लाग्नु भएकी महिला पत्रकार डोमा शेर्पालाई एक कार्यक्रमको आयोजना गरी सफलताको शुभकामना सहित बिदाई गरेको छ ।
महासंघले सोमबार आयोजित कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले सफलताको शुभकामना दिँदै पत्रकार महिला सगरमाथा आरोहणमा सफल भए महासंघको गरिमा अझ बढ्ने बताउनुभयो । उहाँले महिला पत्रकारको सगरमाथा आरोहणले समाज रुपान्तरणमा सहयोग पुग्ने धारणा पनि व्यक्त गर्नुभयो ।
पत्रकार शेर्पाले महिला सशक्तिकरणका लागि आफू सगरमाथा आरोहणमा जान लागेको जानकारी दिनुभयो । उहाँले हिमाली क्षेत्रका सही सूचनालाई बाहिर ल्याउन आरोहणले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । सगरमाथा आरोहणका क्रममा पत्रकार शेर्पा चैत्र २७ गते सोलुखुम्बु जिल्लाको लुक्ला जाने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस