२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पत्रकार महांसंघको अन्तरक्रिया तेमालमा तेमालमा बैंक नहुंदा समस्या भएको छ – सलाम


२४१४ पाठक संख्या

आर.एल.श्रेष्ठ तेमाल-नेपाल पत्रकार महाँसंघ काभे्र शाखाले जिल्लामा रहेका १३ वटै स्थानिय तहसंग “स्थानिय सरकार र

  • नवसंकेत अनलाईन
  • २०७४ चैत्र २७, मंगलबार मा प्रकाशित ६ साल अघि
  • आर.एल.श्रेष्ठ
    तेमाल-नेपाल पत्रकार महाँसंघ काभे्र शाखाले जिल्लामा रहेका १३ वटै स्थानिय तहसंग “स्थानिय सरकार र संञ्चार” बिषयक अन्तरक्रिया कार्यक्रम चलाउने क्रममा तेमाल गाउंपालिकामा सम्पन्न गरेको छ ।

    कार्यक्रमका प्रमुख अतिथि तेमाल गाउंपालिकाका अध्यक्ष सलाम सिं तामाङले गाउपालिकामा बैंक नहुंदा समस्या परेको बताउनु भयो । उहाँले थप्नुभयो, विगतमा यसै गाउंपालिकामा पर्ने मेच्छेमा प्रहरी चौकी थियो, जनयुद्दको क्रममा उठेपछि पुनस्थापना नहुंदा सुरक्षाको समेत समस्या परेको बताउनु भयो । प्रहरी चौकि र बैंक राख्ने बिषयमा पहल भैरहेको बताउनु भयो ।

    अध्यक्ष तामाङले थप्नुभयो गाउंपालिकाको लागि आवस्यक पर्ने कर्मचारीहरु हाल सम्म पनि नहुंदा सेवा दिने बिषयमा समेत समस्या भएको बताउनु भयो । तेमाल गाउंपालिकाको बिकास निर्माणको कार्यको लागि शिक्षा, स्वास्थ्य, खानेपानिलाई प्राथमिकता दिएको बताउनु भयो । त्यसैगरी सडक, विद्युत साथै सुरक्षा र बैंकको व्यवस्थाको लागि पहल गरेको बताउनु भयो । गाउंपालिकामा पर्यटन बिकासको लागि ०७५-०७६ को वजेटमा व्यवस्था गरी आन्तरिक तथा बाह्य पर्यटनको विकासको लागि पहल गर्ने बताउनु भयो । तेमाल पर्यटनको लागि जिल्लाकै अति उत्तम स्थान भएकोले पर्यटन बिकासको साथै कुकिङ्ग र ट्रेकिङ्गको लागि तालिम प्रदान गरी स्थानिय युवाहरुलाई रोजगारीको व्यवस्था गर्ने बताउनु भयो ।

    गाउंपाकिकाका कार्यकारी प्रमुख सर्मिला लामिछानेले कार्यालयमा आवस्यक मात्रामा कर्मचारी नहुंदा समस्या भएको वताउनु भयो । गाउंपालिकाको लागि आवस्यक पर्ने पुर्वाधारको व्यवस्था नहुनु साथै सिंहदरवारको अधिकार गाउं÷गाउंमा भनिएपनि पुरानै तौर तरिकाले कार्य गर्नु पर्दा समस्या भएको बताउनु भयो । जनताबाट चुनिएका जनप्रतिनिधिहरुलाई सक्षम बनाएर अगाडि बढ्ने ढंगको कार्यलाई प्राथमिकतामा राख्न जरुरी रहेको बताउनु भयो । जव सम्म जनप्रतिनिधिहरुलाई सक्षम बनाउन सकिन्न तव सम्म स्थानिय तहमा समस्या भई रहने हुदा सरकारको तर्फबाट मुलुक भरका सम्पुर्ण जनप्रतिनिधिलाई सक्षम बनाउने बिषलाई प्राथमिकता दिनु पर्ने बताउनु भयो । विगतमा वजेट विनियोजन गर्दा सडकलाई प्राथमिकता दिएपनि आगामि बजेटमा समानुपातिक ढंगबाट सवै क्षेत्रलाई समेट्ने तयारी रहेको बताउनु भयो ।

    अन्तरक्रिया कार्यक्रममा गाउंपालिकाका उपमेयर दुर्गामाया तमाङले दुई बर्ष भित्र गाउंपालिकामा रहेका सवै घरमा खानेपानिको धारा पुर्याउने योजना रहेको बताउनु भयो । १ अर्व २७ करोड २४ लाखको खानिपानि योजना अगाडि बढेको बताउनु भयो । उपभोक्ताको तर्फबाट जम्मा गर्नुपर्ने रकमको व्यवस्था गर्न उपभोक्ताहरु असमर्थ रहेकोले गाउंपालिकाको तर्फबाट १ करोड ६ लाख रकमको व्यवस्था गर्ने तयारी रहेको बताउनु भयो । बिभिन्न बिकास निर्माणको कार्यको लागि छुट्टिएको वजेटमा ७५ प्रतिशतको सम्झौता भएको बताउंदै सम्पुर्ण विकास निर्माणको कार्य गुणस्तीय हुने ठोकुवा गर्नु भयो । हाललाई सञ्चारको सुबिधा समेत कम भएकोले आगामि दिनमा संञ्चार, सुरक्षा साथै बैंकको व्यवस्था गर्ने बिषयमा अगाडि बढेको बताउनु भयो ।

    पत्रकार महाँसंघ काभे्र शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले सभापतित्व गर्दै अन्तरक्रियाको उद्देस्य माथि प्रकाश पार्नु भएको थियो । सहसचिब मधुसुदन तिमल्सिना बाट संञ्चालित कार्यक्रममा गाउं पालिकाका वडा ध्यक्षहरु मानबहादुर श्रेष्ठ, ज्ञानबहादुर तमाङ, तिमाल सिं तमाङ, बिष्णु तमाङ, आसापुर तमाङ, विकुलाल तमाङ, लक्ष्मी लामा लगायतले गाउंपालिकाको समस्या र उपलब्धिको बारेमा आ—आफ्नो धारणा राख्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार