२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अनलाइन पत्रकारीतामा आकर्षण बढ्दो छ


२५७५ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७४ चैत्र ३०, शुक्रबार मा प्रकाशित ६ साल अघि
  • नारायण सापकोटा,
    सञ्चार क्षेत्रको विकास लिथो माध्यमबाट सुरु भएर हालको अवस्थामा आइपुगेको छ । प्रविधिको विकाससँगै सञ्चारमाध्यम एउटा सानो क्षेत्रमा मात्र सिमित नभएर विश्वभर फैलिएको छ । विगतमा छापा माध्यमहरू सिमित ठाउँमा उपलब्ध हुने गरेकोमा अनलाईन सञ्चारमाध्यमको विकाससँगै सिमित ठाउँ, क्षेत्र र देश नभएर सिङ्गो विश्वभर फैलिन थालेको छ । अनलाइन पत्रकारिताको विकासले छापा पत्रिकाहरू नपुग्ने देशका दुर्गम क्षेत्रमा पनि सहजै सञ्चारको पहुँच पुगेको छ । यसकारण पनि पछिल्ला दिनहरूमा अनलाइन पत्रकारिताप्रति आकर्षण बढिरहेको देखिन्छ ।
    मुलुकमा राणाकालिन समयमै पत्रकारिताको अंकुरण भयो । तर विकास हुन सकेन । प्रजातन्त्रको उदय पछि झाँगिन खौज्यो तर पञ्चायतले सोचे जस्तो मौलाउन दिएन । पञ्चायती व्यवस्थाको अन्त्य संगै यसले मौलाउने अवसर प्राप्त गर्यो । जसको प्रतिफल यतिखेर यस क्षेत्रमा संलग्न हुन या राज्यको सेवा क्षेत्रमा प्रतिफल प्रदान गर्न सफल भएको छ ।
    पत्रकारिता क्षेत्रले जिल्लामा सुशासन, कानुनी राज्यको निर्माण, पारर्दशिता, जवाफदेहिता, भष्ट्राचार नियन्त्रण जस्ता विषयमा हुटहुटि लगाउँदै अघि बढिरहेको छ । शुरुका अवस्थाबाट अहिले सम्म आइपुग्दा यो क्षेत्रले काँचुली फेरेको छ । हिजो सिमित छापा माध्यम बाट सूचना सम्प्रेषण गर्ने पत्रकारिताका माध्यम अहिलेको संचार क्षेत्रमा भएको विकासले गर्दा असिमित क्षेत्र समेटन सफल भएको छ । कागजमा लेखेर उपत्यका सम्म पुर्याउनु पर्ने वा हस्तलिखित सामग्रीलाई फ्याक्स मार्फत राजधानी सम्म समाचार सम्प्रेषण गर्दा समाचारको ताजा पन नास भइसकेको हुन्थ्यो । तर संचारले यतिखेर फड्को मारिसकेको छ । संचार क्षेत्र प्रति धेरैको रुचि बढेको छ । विकट गाउँदेखिका खबर क्षण भरमा सम्प्रेषण गर्न सकिन्छ । सर्वसुलभ डिभाइसहरुबाट एक क्लिकमै सूचना चाहेको स्थानमा प्रेसित गर्न सकिन्छ । त्यसैले त जिल्लामा छापा माध्यमको दाँजोमा अनलाइन पत्रकारिता फस्टाउँदो छ । रेडियो स्टेसन थपिँदा छन् । टेलिभिजन सवैको पहुँच सम्म पुग्दै छ । अनलाइन पत्रकारिताले त सबै माध्यमलाई जित्ने गरी अघि बढदै छ । प्रकाशकका लागि लागत न्यून पर्ने र पाठकका लागि पनि सुलभ मानिने अनलाइन पत्रकारिताले अन्य माध्यमलाई कमजोर बनाएको छ ।
    उल्लेखित सबै माध्यमबाट गरिने पत्रकारिताको महत्व समान छ । कम साक्षर तथा साक्षर, प्रविधि बुझेका तथा कम बुझेका माझ यसले सम्बन्ध राख्छ । यस क्षेत्रलाई पेसा बनाएकाहरुले सबै पक्षलाई समेटिने गरि सबै माध्यमलाई सशक्त बनाउन जरुरी छ । तर हाम्रो पत्रकारितालाई नव सृजित वातावरणले प्रभाव पार्ने गरेको छ । ती माध्यम संग प्रशस्त ज्ञान, सिपको अभावमै हामी त्यस तर्फ होमिन्छौ । जुन माध्यमलाई सतही चालमा अघि बढाउँछौं । जसले गर्दा न हाम्रा माध्यम न परिपक्व देखिन्छन् न पाठक स्रोता नै सन्तुष्ट हुन्छन् । संचार माध्यमलाई हामीले व्यवसायिक बाटो तर्फ अघि बढाएर सही दिशा प्रदान गर्न सकेका छैनौं । पाठकले वाह ! वाह ! भन्ने गुणस्तर कायम गर्न सकेमा हाम्रा साना संचार गृह नै भए पनि रोजगारी मुल पेसा बन्छ । जसले पत्रकारलाई व्यवसायिक बनाउँछ । पेसा पत्रकारिता भन्दै अन्य पेसाको खोजीमा लाग्नुपर्ने अवस्थाको अन्त्य गराउँछ । तर पछिल्लो समयमा पत्रकारितालाई व्यवसायिक बनाउनु भन्दा पनि संचार गृह र पेसाको परिचय दिएर खराब बाटोबाट आय गर्नेहरुले यस पेसालाई धमिल्याएका छन् । यो कार्य बुझेका बुभ्रmुकहरुका अगाडी त्यस्ता कार्य गर्नेहरुका कारण पत्रकारिता पेसा बताउन पनि लाज लाग्ने भएको छ । जसले पत्रकारिता पेसाको इज्जत सम्मानमाथि ठेस पुर्याएको छ ।
    पत्रकारिता क्षेत्रको विकासमा अझै धेरै सुधार तथा विकासका कार्य गर्न जरुरी छ । पत्रकाररितामा संलग्नको आर्थिक सामाजिक सुरक्षाका लागि हामीले ध्यान दिनु जरुरी छ । पत्रकारलाई राजनीतिक दलहरुको प्रचार प्रसारका ठेकेदार सम्झने विकृत पक्षको अन्त्य हुनुपर्छ । पत्रकारिता र अनलाइन सञ्चारमाध्यमको गलत प्रयोग पनि हुने गरेका छन् । यसकारण अनलाइन सञ्चारमाध्यमको बदनाम पनि हुने गरेको छ । यस क्षेत्रलाई सही दिशामा लान सके सञ्चार क्षेत्र परिस्कृत र प्रभावकारी बन्न सक्छ । (लेखक नेपाल पत्रकार महाँसंघ काभे्रको पुर्व अध्यक्ष हुनु हुन्छ) ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार