२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

भर्ना अभियानलाई सफल पार्न कलाकार संग अन्तरक्रिया


२५६७ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७५ बैशाख १, शनिबार मा प्रकाशित ६ साल अघि
  • ऋतु श्रीवास्तब
    काठमाण्डौं-शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणिले बिद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण सम्बन्धमा राष्ट्रिय स्तरका कलाकारहरु संग अन्तक्रिया गर्नुभएको छ ।

    भर्ना अभियानलाई सफल बनाउन र अभियानमा सहभागी हुन मन्त्री पोखरेलले कलाकारहरुलाई आग्रह गर्नुभएको छ । मन्त्री पोखरेलले एक व्यक्तिले एकजना बिद्यार्थी भर्ना गर्न पनि आग्रह गर्नुभयो । यो अभियान सफल पार्न कलाकारहरुको महत्वपुर्ण भुमिका छ मन्त्री पोखरेलले भन्नुभयो – कलाको क्षेत्रबाट बिद्यार्थीलाई बिद्यालयसम्म ल्याउन सहयोग गर्नुहोस् ।
    कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरु मनोज गजुरेल, सिताराम कट्टेल (धुर्मुस), केदार घिमिरे (माग्ने बुढा), रमित ढुङ्गाना, प्रदिप बम्जन, रोजी श्रेष्ठ, टंक आर्चाय लगायतकाको उपस्थिती रहेको थियो ।
    भर्ना अभियानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै कलाकाहरुले बिद्यार्थी भर्ना गर्ने पनि घोषणा गर्नुभएकोछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार