२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बाम गठबन्धनको एकतालाई रोक्न सक्दैनः खनाल


३१२१ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७५ बैशाख १, शनिबार मा प्रकाशित ६ साल अघि
  • विराटनगर- नेकपा एमालेका नेता एवं पुर्ब प्रधान मन्त्रि झलनाथ खनालले बाम गठबन्धनको एकतालाई रोक्ने तागत कसैको नभएको बताउनु भयो । एमाले माओवादीको एकतालाई कसैले रोक्न नस्कने दाबी गर्दै पार्टी प्रतिशतका आधारमा नभई समानताको आधारमा बन्ने बताउनु भयो ।

    शनिबार विराटनगर विमानस्थालमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दैै नेता खनालले पार्टी एकतालाई धर्तीको कुनै तागतले रोक्ने नसक्ने ठोकुवा गर्नु भएको थियो । उहाँले थप्नुभयो ५०-५० प्रतिशत भन्ने सहमति भएको छैन । समानताको आधारमा पार्टी एकीकरण हुन्छ, त्यसैको आधारमा सहमति भएको कबताउनु भयो ।

    ‘९ वैशाख मा होस या त अरु कुनै दिन पार्टी एकीकरण हुनेमा कुनै शंङ्का छैन । दुई पार्टीको एकतालाई रोक्ने यो धर्तीको कसैको तागत नभएको बताउनु भयो । पार्टी एकीकरणका लागि राजनीतिक प्रतिवेदन र संगठनसम्वन्धी अन्तिरिम विधान तयार भइसकेको भन्दै एमाले वरिष्ठ नेता खनालले त्यसमा सानातिना समस्या भए दुई दलको वैठक वसेर टुङ्ग्याउन सकिने बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार