२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

निर्माणको दिशामा अगाडि बड्नु पर्छ – प्रचण्ड


३१२० पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७५ बैशाख १, शनिबार मा प्रकाशित ६ साल अघि
  • काठमाडौं-माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलेनयाँ बर्षको अवसरमा शुभकामना दिनु भएको छ । सो अवसरमा अध्यक्ष प्रचण्डले स्थिरता, सुशासन र समृद्धिको अभियानमा दृढतापूर्णक सहभागी हुन सम्पूर्ण नेपालीहरुलाई आग्रह गर्नु भएको थियो ।

    समाजवादउन्मुख संघीय संविधानले परिकल्पना गरेको समाजवादी आधार निर्माणको दिशामा अघि बढ्नु अहिलेको आवस्यकता भएकोले सोही आधारमा अगाडि बढेको बताउनु भएको थियो । २०७४ सालले दिएको स्थिर सरकारको जगबाट आर्थिक समृद्धि र विकासको यात्रामा अगाडि बढ्नको लागि सबै नेपालीहरुमा विशेष अपिल गर्दछु’, भननु भएको थियो । शुभकामना सन्देशमा समाजवाद उन्मुख संघीय संविधानले परिकल्पना गरेको समाजवादी आधार निर्माणको दिशामा अघि बढ्नु अहिलेको हाम्रो कार्यभार भएको बताउनु भएको थियो ।

    नयाँ संविधान कार्यान्वयनका दृष्टिले २०७४ साल नेपाली इतिहासमा अविस्मरणीय रहेको उल्लेख गर्दै प्रचण्डले राजनीतिक संक्रमणको अन्त्य गरी स्थिरता, विकास र समृद्धि हासिल गर्न ०७४ सालले आधार र उर्जा प्रदान गरेको बताउनु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार