२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कम्युनिष्ट पार्टी भनेको नेताहरुको पार्टी हो – कार्की


८४४९ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७५ बैशाख ३, सोमबार मा प्रकाशित ६ साल अघि
  • बनेपा-“नेकपा माओवादी र नेकपा एमाले बीचको गठबन्धनबाट आत्तिएका कम्युनिष्ट नचाहने देशि विदेशि शक्तिहरुले पार्टी एकतालाई भाड्नको लागि खरबौं खर्चिरहेका छन् , तर जसले जतिनै पैसाको खोलै बगाएपनि पार्टी एकता भएरै छाड्छ” ।

    उक्त भनाई नेकपा माओवादि केन्द्रका स्थाई समिति सदस्य गंगा कार्की (विस्व) ले वाई.सि.एल नेपाल काभे्रले नव बर्षको अवसरमा आईतबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बताउनु भएको थियो । नेपालमा कम्युनिष्टको सरकार बनाउने बनाउनको लागि मात्रै पार्टी एकता गरेको होईन, कम्युनिष्ट ब्यवस्था निर्माणको लागि पार्टी एकता गर्न लागेको हो कार्यक्रमका प्रमुख अतिथि कार्कीले बताउनु भयो । मुलुकमा कम्युनिष्ट व्यवस्था लागु गर्नको लागि शक्तिसालि कम्युनिष्ट पार्टीको आवस्यक भएकोले सोही अनुसार अगाडि बढेको बताउनु भयो ।

    कार्यक्रमका प्रमुख अतिथि कार्कीले थप्नुभयो मुलुकमा बैज्ञानिक समाजबाट लागु गर्नु पर्छ, सोही मार्फत आर्थिक क्रान्ति सम्पन्न गरी समृद्ध नेपाल निर्माण हुने बताउनु भयो । नेपाल र नेपालिको हितको लागि पार्टी एकताको विकल्प छैन । पार्टी एकता हुन्छ तरपनि देशव्यापि रुपमा सम्पुर्ण युवाहरुले छिटो एकताको कार्य सक्नको लागि दवाव दिनु पर्ने उहाँको धारणा थियो ।

    कार्यक्रमा बिशेष अतिथि माओवादी केन्द्रका पोलिट व्युरो सदस्य सुर्यमान दोङ (लालध्वज) ले नेकपा माओवादी र नेकपा एमाले बिच पार्टी एकता ९ गते नभएपनि छिटै हुने वताउनु भयो । पार्टी एकताकै आधारमा समृद्ध नेपाल निर्माण हुन्छ । एकता प्रकृयालाई बिगार्न खोज्नेहरु लाईन लागेका छन् तर बिग्रदैन, कसैले बिगार्ने ढंगबाट एकता प्रक्रिया अगाडि नबढेको वताउनु भयो । एकता प्रक्रिया पछि समृद्धद नेपाल निर्माणको लागि मुलुकमा भएका सम्पुर्ण कल कारखानाहरु संञ्चालनमा ल्याउने तयारी गरी रहेको बताउनु भयो ।

    प्रतिनिधि सभाका सदस्य गंगा बहादुर दोङ (बमध्वज) ले युवा शक्तिहरु बैदेसिक रोजगारमा पलान भएको तर्फ शंकेत गर्दै भन्नुभयो नेपालमा हुने विकास निर्माणको काममा जनशक्तिको अभावले गर्दा समयमा सम्पन्न हुन नसकेको बताउनु भयो । गाउंमा मलामिको समेत अभाव भै सकेको अवस्था रहेकोले बन्द भएका उद्योगहरुलाई संञ्चालन गरी युवाहरुलाई नेपालमै रोजगारिको व्यवस्था गर्ने तयारीमा सरकार रहेको बताउनु भयो । विगतमा तीन एजेन्डालाई लिएर दुई पार्टी बिच पे्रम सम्बन्ध कायम भएको बताउनु भयो । सोही सम्बन्धलाई आम नेपाली जनताले अनुमोदन गरी सकेको बताउनु भयो । जनताले दिएको अनुमतिको कारण भएको पे्रम सम्बन्धले गर्भ रहेको ८ महिना भयो अव छिटै गर्भधारण हुन्छ र सो गर्भधारणबाट नेपाल कम्युनिष्ट पार्टीको जन्म हुने बताउनु भयो ।

    वाइ.सि.एल काभे्रका अध्यक्ष राजकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रदेश सभा सदस्य रत्न ढकाल, बसुन्धरा हुमागाई , लक्ष्मण लम्साल, बनेपा नगरका मेयर लक्ष्मी नरसिंह बादे, नेकपा एमाले काभे्रका उप—सचिब ईन्द्र बहादुर तमाङ, नेकपा माओवादि केन्द्रका केन्द्रिय सदस्य ईन्द्र वहादुर थिङ, अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष शुन्दर खड्का, वाइ.सि.एल केन्द्रिय सचिब अरुण घिसिंङ, नयाँ शक्तिका प्रतिनिधि राजिव लामा, युवासंघ काभे्रका अध्यक्ष बिक्रम चौलागाई, वाइ.सि.एल केन्द्रिय सदस्य अभिलास लामा लगायतले आ—आफ्नो धारणा राख्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार