२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

विप्लवका नेताहरुद्वारा पार्टी परित्याग


२२०५ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७५ बैशाख ११, मंगलबार मा प्रकाशित ५ साल अघि
  • बनेपा-नेकपा माओवादी विप्लब समुहमा रहेर कार्य गर्दै आएका तीन जना जिल्ला कमिटि सदस्यले पार्टी परित्याग गरी स्वतन्त्र जिवन विताउने बाटो पहिल्याएका छन्. । पार्टीले अवलम्बन गरेको बाटो गलत भएको ठहर गर्दै सो धारण, निति अनुसार पार्टीमा रहेर कार्य गर्ने मनसाय नभएको भन्दै तीनै जनाले छुट्टा छुट्टै स्वहस्तलिखित विज्ञप्ति जारी गर्दै स्वतन्त्र रहेका छन् ।

    पाँचखाल नगरपालिका वडा नं ७ निवासी रमेश बोलखेका हस्तलिखित विज्ञप्ति अनुसार २०५१ सालको निर्वाचनलाई वहिस्कार गरी ०५२ वाट नेकपा माओवादीको बिचारसंग नजिक रहंदै राजनीतिको सुरुवात गरेको र माओवादी पार्टी टुट् फुटको क्रममा बैद्य निकट रहेर कार्य गर्ने क्रममा सो पार्टीको निति नियममा असहमत जनाउंदै विप्लव माओवादी तर्फ रहेर जिल्ला कमिटि सदस्यको जिम्मेवारी निर्वाह गर्दै आएको थियो ।

    विप्लव माओवादी पार्टीले अर्धभूमिगत सैलि अपनाएर राजनीतिक सुरुवात गर्ने शंकेत पाएकोले सो भूमिगत शैलि साथै पार्टीले अगाडि बढाएको बिभिन्न गतिबिधि प्रति आफु असहमत हुदै २०७४ साल साउन ३० गते पार्टी समक्ष राजीनामा दिएको उल्लेख गरेको छ । पार्टीमा राजीनामा दिई स्वतन्त्र ढंगले रहने विचारका साथ आफ्नो कृषिपेसालाई अंगाल्दै आएको समयमा प्रतीनिधि शभाको निर्वाचनमा प्रहरीले पकृयर सोपुछको लागि हिरासतमा राख्दा समेत आफुले सोही बिषयको जानकारी गराए पश्चात हिरासत मुक्त भएको र घर परिवार साथै आफ्ना नातागोता समक्ष पार्टी परित्यागको बिषयमा पुर्ण जानकारी नभएकोले बिज्ञप्ति मार्फत स्वतन्त्र रहेको जानकारी गराएको उल्लेख गरेको छ ।

    त्यसैगरी मण्डन देउपुर नगरपालिका वडा नं १० घर रहेका अर्का विप्लबका जिल्ला कमिटि सदस्य शंकर प्रशाद नेपालले पनि पार्टी परित्याग गरेका छन् । नेपालि काँगे्रसबाट सकृय राजनीतिको सुरुवात गरेका नेपाल २०५८ मा तत्कालिन माओवादीमा प्रवेश गरी कृयासिल रहंदै आएको र पार्टी फुट भएपछि बैद्य निकट रहेर कार्य गर्ने क्रममा चीत्त नबुझि विप्लव माओवादिमा सहभागि रही जिल्ला कमिटिको जिम्मेवारी सम्हाल्दै आएकोमा पार्टीले लिएको वाटो ठिक नलागि स्थानिय निर्वाचनबाटै निस्किृय रहंदै आएको विज्ञप्तिमा उल्लेख गरेको छ । राजनीतिकबाट निस्कृय रहंदै आएको अवस्थामा समेत स्थानिय निर्वाचनमा प्रहरीले गिरफ्तार गरी २४ दिन र प्रतीनिधि शभाको निर्वाचनमा १९ प्रहरी हिरासतमा रहेको उल्लेख गरेको छ । आफुले सुरुमा विप्लवमा रहेर कार्य गरेपनि सो पार्टीको नीति ठिक नरहेको ठहर गर्दै निस्कृय रहेकोमा अव कुनै पनि पार्टीमा रहेर कार्य नगरी स्वतन्त्र रहि आफ्नो कृषि पेसालाई निरन्तरता दिने उद्देस्यले बिज्ञप्ति मार्फत जानकारी गराएको उल्लेख गरेको छ ।

    त्यसैगरी अर्का विप्लवका जिल्ला कमिटि सदस्य भोला प्रसाद नेपालले पनि हस्तलिखित विज्ञप्ति मार्फत कुनै पनि पार्टीमा नरहेर स्वतन्त्र रहने उल्लेख गरेका छन् । राप्रपा नेपालबाट राजनीति सुरुवात गरेका नेपालले माओवादी जनयुद्धकालमा माओवादीमा प्रवेश गरी लामो समय सम्म राजनीतिमा सहभागि रहेको उल्लेख गरेको छ । माओवादी पार्टी फुट भएपछि बैद्य माओवादी हुदै विप्लव माओवादिमा प्रवेस गरी जिल्ला कमिटिको जिम्मेवारी सम्हाल्दै जाने क्रममा आफु आबद्ध पार्टीले अवलम्बन गरेको राजनैतिक मार्ग प्रति आफु असहमत हुदै निस्कृय रहेको अवस्थामा स्थानिय तहको निर्वाचनमा २४ दिन हिरासतमा रहेको हस्तलिखित बिज्ञप्तिमा उल्लेख गरेको छ । आफन्त, घरपरिवार र प्रहरी प्रशासनको सुझावबाट समेत प्रभावित हुदै अव कुनैपनि पार्टीमा आवद्ध नरही आफ्नो कृषि पेशालाई निरन्तरता दिदै अगाडि बढेने वताएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार