२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

तामाघाटमा सुबिधा सम्पन्न मण्टेस्वरी स्कुल विद्यार्थीहरुलाई संस्कारको साथै सभ्य बनाउंछौं – कार्की


४८७२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ बैशाख २४, सोमबार मा प्रकाशित ६ साल अघि
  • पाँचखाल-पाँचखाल र आसपासको स्थानमा मण्टेस्वरी विद्यालयको अभावलाई मध्य नजर गर्दै सुरुवात भएको छ । वजारीकरण बढे संगै साना साना बाल बाललिकाहरुलाई अध्यापन गराउने विद्यालयको अभावलाई “हेप्पिक किट्स वल्ड मण्टेस्वरी प्री स्कुलले” परिपुर्ती गर्ने भएको छ ।

    १८ महिना भन्दा माथि उमेर रहेका बालबालिकाहरुलाई स्कुलमा भर्ना लिएर नियमित रुपमा स्वास्थ्यको बिषयमा समेत ध्यान दिने भएको छ । बालबालिकाहरुलाई अभिभाबकहरुले भन्दा पनि राम्रोसंग हेर चाह गर्दै विद्यार्थीहरुको चाहना अनुसारको खेलकुदमा समावेस गराउंदै वाल मैत्रि ढंगबाट अध्यापन गराउने व्यवस्था मिलाएको छ । पाँचखालको तामाघाटमा मण्टेस्वरी स्कुलको स्थापना भएपछि साना बाबु नानीको कारण बिभिन्न रोजगारी तथा व्यवसायबाट बञ्चित हुनु पर्ने अभिभावकहरुलाई सहज हुने भएको छ ।

    विद्यालयका अभिभावक, श्रेष्ठ हाडवयरका भिम श्रेष्ठले मण्टेस्वरी विद्यालयमा आफ्नो छोरा पठाउन पाउदा खुसि भएको बताउनु भयो । उहाँका अनुसार २२ महिनाको छोरालाई घरमा केहि सिकाउन छोज्दा नसिक्ने तर विद्यालय पठाउंदा साथिहरुसंग घुलमिल गर्ने बानी बस्ने, दैदिन रुपमा नयाँ नयाँ खेलौनाहरु खेल्न पाउने साथै मण्टेस्वरी प्रबिधि बाट सिकाई गर्दा धेरै कुरा सिक्न पाउने भएकोले आफु खुसि रहेको बताउनु भयो । सानै उमेरबाट मण्टेस्वरी पठाउंदा स्कुल जाने बानि वस्ने र बाबु उता गएपछि दिउंसोको समयमा आफ्नो व्यवसायको लागि समेत सहज हुने बताउनु भयो ।

    विद्यालय संञ्चालनको बिषयमा विद्यालयका प्रिन्सिपल रानु थापा (कार्की) संग सम्पर्क गर्दा न्यून शुल्कमा विद्यार्थीहरुलाई पढाउने वतावरण मिलाएको बताउनु भयो । उहाँले थप्नुभयो डोर टु डोरको सुबिधा दिएर विद्यार्थीहरुलाई विद्यालय सम्म ल्याउने गरेको बताउनु भयो । विद्यार्थीहरुको चाहना साथै रुचि अनुसारको खानाको व्यवस्था गरी राम्रो वातावरणमा शिक्षाको साथै सभ्यता सिकाउने गरेको प्रिन्सिपल कार्कीले बताउनु भयो । बिहान ९÷३० मा विद्यार्थीहरु ल्याएपछि ३÷३० सम्म विभिन्न मनोरञ्जनको साथमा अध्यापन गराउने बताउनु भयो । विद्यार्थीहरु विद्यालयमा रहंदा १ समय खाना १ समय खाजाको व्यवस्था गर्ने साथै नियमित रुपमा विद्यार्थीहरुको स्वास्थ्यको विषयमा ध्यान दिने वताउनु भयो । दैनिक रुपमा तौल र उचाई को जानकारी लिदै बाल बालिकाको स्वास्थ्यको अवस्थाको जानकारी लिने गरेको बताउनु भयो ।

    प्रिन्सिपल काकीले थप्नुभयो हामीले पाँचखाल र आसपासको स्थानलाई मध्य नजर राख्दै स्कुलको स्थापना गरेको छौं, तर अहिलेनै सवैतिरबाट विद्यार्थी लिने सोचमा नभएको बताउनु भयो । उहाँले थप्नुभयो हाम्रो स्कुलमा अध्ययन गर्ने विद्यार्थीलाई संस्कारको साथै सभ्यता सिकाउंछौं, सो कार्यको लागि धेरै संख्यामा बिद्यार्थी संकलन गरेर सम्भव हुदैन । हामीले सुरुवात गरेका छौं हाम्रो विद्यार्थीहरुको अभिभावक सन्तुस्ट हुने वातावरण तयार गर्दै छौं । अभिभावकको सन्तुस्टिनै हाम्रो संतुष्टि भएकोले हामीले संख्यामा खासै चासो नदिएको वताउनु भयो । विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर राख्दै प्रत्तेक दिन फरक फरक मेनुका आधारमा खाना खाजाको व्यवस्थाको साथमा मौसमी फलफुलहरुको व्यवस्था गरेको प्रिन्सिपल कार्कीको भनाई रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार