२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अध्ययनका साथै सामाजीक कार्यमा जुट्छौं – लामा, गोल्डेनका विद्यार्थी समाज सेवामा जुट्दै


६१६२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ बैशाख २४, सोमबार मा प्रकाशित ६ साल अघि
  • गोल्डेन फ्युचर आवासिय उ.मा.विका विद्यार्थीहरु सामाजिक कार्यमा जुट्न थालेका छन् । समाजमा हुने विभिन्न कार्यमा स्वयंसेवकको रुपमा रहेर कार्य गर्दै आएका विद्यार्थीहरुले अध्ययनको साथमा समाजको सेवा गर्ने दायित्व निर्वाह गर्ने बताएका छन् ।

    विद्यालयको स्काउटमा रहेका विद्यार्थीहरु समाजसेवामा थप आकर्षीत भएका छन् । विद्यालय आसपासको क्षेत्रमा हुने कुनैपनि सामाजिक कार्यमा जुट्नु हाम्रो कर्तव्य हो स्काउटमा आबद्ध रहेका कक्षा ८ मा अध्ययन गर्ने सुमिना लामाको भनाई रहेको छ । सुनिताले थप्नुभयो “शिक्षा हासिल गर्नु भनेकै दिमागलाई तिखार्नु हो, हामीलाई गुरुहरुले सामाजिक दायित्वको बिषयमा राम्रोसंग ज्ञान दिएकोले सोही अनुसार अगाडि बढेका छौं ।

    त्यस्तै कक्षा ८ कै अर्का विद्यार्थी एशिका गिरिको भनाई पनि उस्तै छ, हाम्रो स्काउट गुरु रसिला श्रेष्ठले अध्ययनको साथमा सामाजिक कार्यमा जुट्नु नै मानवको कर्तव्य र धर्म भएको शिक्षा दिनु भएको छ सोही गुरुको ज्ञानको आधारमा हामी अगाडि बढेका छौं । पाँचखाल नगरपालिकाले गर्ने कुनै पनि सामाजिक कार्यमा मात्र नभै कुनै पनि संघ संस्थाले गर्ने सामाजिक कार्यमा हामी जुटेकै हुन्छौ ।

    एक कार्यक्रममा स्वयंसेवकको भुमिका निर्वाह गर्दै गरेको अवस्थामा भेटिएको विद्यार्थी मेलिनाम भुजेलको पनि धारणा उस्तै छ । स्वयंसेवक भुजेलले भन्नुभयो हामिलाई गुरुहरुले अध्यापनको क्रममा सामाजिक कार्य गर्नु हाम्रो दायित्व हो भनेर सिकाउनु हुन्छ । त्यसैले अध्ययनको साथ साथै सामाजिक कार्यमा जुट्छौं । हाम्रो विद्यालयका संचालक समितिका अध्यक्ष बद्री महत सर पनि सामाजिक कार्यको लागि जुट्नु विद्यार्थीहरुको कर्तव्य हो भनि समय समयमा कोच गर्नु हुन्छ, साथै हामीलाई त्यस्तो कार्यमा जुट्ने अवसर साथै हौसला समेत दिने हुंदा हामी सामाजिक कार्यमा जुटेर समाजको सेवा गर्दै आएका छौ भुजेलको भनाई थियो ।

    झ्न्डै २६ बर्ष अगाडि पाँचखाल र आसपासको स्थानमा आधुनिक शिक्षाको खाँचो महसुस गर्दै स्थापना गरेको गोल्डेन फ्युचर उ.मा.विले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । गुणस्तरीय शिक्षाको गागि शहर धाउनु पर्ने वाध्यात्मक अवस्थालाई पुर्ण बिराम लगाउन सफल उक्त विद्यालयले आगामि समयमा प्राबिधिक शिक्षाको माध्यमबाट गुणस्तरीय शिक्षा दिने जमर्को गरीरहेको छ । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई सामाजिक क्षेत्रमा समेत अग्रसर गराउंदै सामाजिक बिकृति विसंगतिहरुको अन्त्यको लागि समेत अग्रसर रहंदै आएको विद्यालयले आफ्ना स्काउटका विद्यार्थीहरुलाई सामाजिक कार्यमा कृयासिल गराउंदै आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार