२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सदिक्षाको अभिभावकमा जि.स.सका उप—प्रमुखु


६५१७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ बैशाख २४, सोमबार मा प्रकाशित ६ साल अघि
  • पाँचखाल-सरकारी विद्यालयमा भर्ना अभियान चलि रहेको अवस्थामा जिल्ला समन्वय समिति काभे्रका उप—प्रमुख मञ्जु गौतमले सदिक्षा नरालको अभिभाकत्व ग्रहन गर्नु भएको छ ।

    पाँचखाल नगरपालिका १३ मा रहेको श्रीराम उच्च माबिमा सदिक्षा नराललाई विद्यालयमा कक्षा १ मा भर्ना गर्दै उनको अध्ययनको लागि आवस्यक सम्पुर्ण खर्च व्यहोर्ने घोषणा उप—प्रमुख गौतमले गर्नु भएको हो ।

    भर्ना अभियमानका प्रमुख अतिथि उप—प्रमुख गौतमले समय सुहाउंदो आधुनिक गुणस्तरीय शिक्षा प्रदान गर्न सरकारी विद्यालय सक्षम रहेको बताउनु भयो । विगतमा सरकारी विद्यालयमा केहि समय गुणस्तर खस्किए पनि पछिल्लो समयमा आएर सुधार भएको बताउनु भयो । विद्यालय स्तरमा घोकन्ते शिक्षाको माध्यमबाट अध्यापन गराउने नीजि विद्यालयमा विद्यालय स्तरमा नतिजा राम्रो ल्याउने गरेपनि उच्च शिक्षा अध्ययनको क्रममा सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको तुलनामा कम भएको बताउनु भयो ।

    सरकारी विद्यालयमा प्राबिधिक शिक्षा लाई अगाडि बढाउनु पर्ने वातावरण निर्माण गर्न सुझाव दिदै सो कार्यको लागि आफ्नो व्यक्तिगत साथै जिल्ला समन्वयको तर्फबाट समेत साथ सहयोग गर्ने वताउनु भयो । पछिल्लो समयमा आएर शैक्षिक बेरोजगारी बढ्नुको प्रमुख कारण प्राबिधिक शिक्षाको अभावमा भएको बताउनु भयो । श्रीराम उमाविको भौतिक संरचना साथै प्राबिधिक पक्ष नमुना योज्ञ रहेको र यस्तो खालको व्यवस्था कुनैपनि निजिमा नरहेको ठोकुवा गर्दै कुनै पनि नीजि विद्यालय भन्दा सरकारी विद्यालयको व्यवस्थापन उच्च रहेको बताउनु भयो ।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजमान तमाङले सदिक्षाको अभिभाक बन्नु भएका जिल्ला समन्वय समितिका उप—प्रमुख गौतम प्रति आभार व्यक्त गर्नु भएको थियो । समय सुहाउंदो आधुनिक गुणस्तरीय शिक्षाको गागि आवस्यक पर्ने प्राविधिक पक्षलाई पुर्ण गराउंदै कुनै पनि नीजि विद्यालयको भन्दा गुणस्तरीय शिक्षा प्रदान गर्ने ठोकुवा गर्नु भयो । पछिल्लो समयमा आएर प्राबिधिक शिक्षा तर्फ विद्यार्थीहरुको आकर्षण बढेकोले सो तर्फ समेत ध्यान केन्द्रित भएको बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार