२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

नगरको बजेटले अपुग हुंदा, सडक निर्माणमा जुटे स्थानियहरु


२०३५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ बैशाख २७, बिहिबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-सडक निर्माणको लागि पाँचखाल नगरपालिकाले उपलब्ध गराएको ५ लाख बजेटले सडक मर्मत गर्न अपुग भएपछि स्थानियले रकम संकलन गरी सडक मर्मत गर्दै उदाहरणिय कार्य गरेका छन् ।

    पँचखाल नगरपालिका वडा नं ६ को छेडाबाट झिगनपुर हुदै घट्ट सम्म जाने सडक मर्मतको लागि नगरपालिकाको तर्फबाट ५ लाल बजेट उपलब्ध भएको थियो । उपलब्ध भएको रकमबाट सडक मर्मतलाई मात्रै पुगेको र ठाउ ठाउंमा सडक संरक्षणको लागि तार जालिको व्यवस्था गर्न रकम अपुग भएपछि स्थानिय ४५ घरदुरीले दामासाहि ढंगबाट प्रति घर ५ सयका दरले रकम संकलन गरी तार जालिको व्यवस्था गरेका छन् ।

    उपभोक्ता समितिका सचिब धर्मराज दनुवारका अनुसार झिगनपुर गाउंमा बसोबास गर्ने ४५ घरपरिवारको सल्लाह अनुसार वाटोको संरक्षणको लागि रकम संकलन गर्ने निर्णय अनुसार संकलन गरी तार जालिको व्यवस्था गरेको बताउनु भयो । उहाँका अनुसार तार जाली ढुवानि कार्यको लागि वडाध्यक्ष रामसरण दुलालले सहयोग गर्नु भएको साथै ढुंगा ढुवानिको लागि सामान्य भाडामा स्थानियकै सवारी साधन प्रयोग गरी बाटोको संरक्षण गर्ने कार्य भएको बताउनु भयो ।

    नगर वा गाउपालिकाबाट विकास निर्माण कार्यको लागि विनियोजित बजेटबाट चुहावट गरेर विकास निर्माण कार्य गुणस्तर हिन हुने गरेको मुलुकै भर चौतर्फी ढंगबाट कुरा उठिरहेको अवस्थामा पाँचखाल झिगनपुरका स्थानियले गरेको कार्य उदाहरणिय बनेको छ । स्थानियले विकास निर्माणको कार्यमा यसरीनै एक जुट हुदै जानेहो भने बिकासको कार्यले तिव्रता पाउनाको साथै गुणस्तरीय हुन्छ । यस्ता उदाहरणिय कार्यलाई अन्यले पनि पछ्याउदै जान आवस्यक रहन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार