२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आय आर्जन द्वारा रक्तदान कार्यक्रम सम्पन्न


२४२१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ बैशाख २७, बिहिबार मा प्रकाशित ६ साल अघि
  • बनेपा-आय आर्जन वचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा बनेपामा मजदुर दिवसको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

    “रक्तदान जीवनदान, रक्तदान महादान” भन्ने मूल नाराका साथ संस्थाका अध्यक्ष अर्जुनप्रसाद सापकोटा सभापतित्वमा तथा प्रमुख अतिथी योगेन्द्र कुँवरको प्रमुख आतिथ्यतामा, ने.का. जिल्लासभापति मधु प्रसाद आचार्यको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त खुल्ला रक्तदान कार्यक्रममा ११८औं पटक रक्तदान गर्ने विदुर खड्का , ५९औं पटक रक्तदान गर्ने प्रल्हद हुमागाई र ४१औ पटक रक्तदान गर्ने दीवाकर दाहाल आयआर्जन साकोसका कोषाध्यक्ष युवराज प्याकुरेल, ऋण समिति संयोजक डोरनाथ गौतम, सदस्यहरु तथा कर्मचारी र तालिमका सहभागिहरु लगायत ४८ जना रक्तदाताले रक्तदान गरि मानवीय सेवाकार्यमा उल्लेखनिय योगदान गर्नु भइ पूण्य कमाउनु भएको थियो ।

    उक्त कार्यक्रममा राष्ट्रिय सहकारी वोर्डका सदस्य दीपक प्रसाद पौडेल, जिल्ला सहकारी संघका पूर्व अध्यक्ष सोम प्रसाद हुमागाई, समानुपातिक सभासद उमेद्वार माहिली दनुवार, नेपाल ट्रेड युनियन काभ्रेका अध्यक्ष प्रेम प्रसाद वाग्ले, पत्रकार महासंघ काभ्रेका पूर्व सभापति महेश पौडेल, ने.रे.सो. काभ्रे शाखाका उपसभापति रघुनाथ हुमागाइ, अनन्तकृष्ण श्रेष्ठ, मन्त्री उद्धव पौडेल, उपमन्त्री सरस्वति चिमोरिया, सदस्य राजु वस्नेत, पूर्व उपसभापति विदुर घिमिरे, पूर्व सदस्य राजु सिग्देल, काभ्रे उपशाखाका मोहन हुमागाई लगायतको उपस्थिती थियो । रक्तदाताहरुलाई फलफूल वितरणमा नालाका राजु श्रेष्ठले व्यवस्थामिलाउनु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार