२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

समुदाय र सरकारी वकिल बिच संवाद


३५४० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ बैशाख २७, बिहिबार मा प्रकाशित ६ साल अघि
  • बनेपा-फौजदारी न्याय प्रणालीप्रति जनविश्वाश र कानुनी राज्यको अभिवृद्दीका लागी समुदाय र सरकारी वकिल बिच संवाद र न्यायमा बाह्य पहुच कार्यक्रम वनेपा न.पा. वडा न. १२ स्थित गणेश भारती मा.वि.महेन्द्रज्योति बाँसडोल मा सम्पन्न भएको छ ।

    काभे्र पलाञ्चोक जिल्ला सरकारी वकील कार्यालय र जिल्ला अदालत धुलिखेलको संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रममा माननिय जिल्ला न्यायाधिश श्री अर्जुन अधिकारिको प्रमुख आतित्यथामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा माननिय न्यायाधिश सुर्यनाथ प्रकाश अधिकारी, जिल्ला न्यायाधिवक्ता तिलक बहादुर कार्की, सहायक जिल्ला न्यायाधिवक्ता श्री राजन हमाल, काभ्रेपलान्चोक जिल्ला अदालतका श्रेष्तेदार कृष्ण प्रसाद अधिकारि, काभ्रेपलान्चोक वार एकाई समितिका सचिव देव कुमार मोक्तान, वनेपा न.पा. वडा न. १२ का वडाध्यक्ष राम बहादुर कुँवर, वडासदस्य ज्युहरु, कानुन व्यवसायी मधुसुदन वाग्ले, गणेश भारती मा.वि.महेन्द्रज्योतिका प्रधानाध्यापक प्रेमराज शर्मा, सामुदायिक मेलमिलापकर्ता लगायतका सरोकार वालाहरुको उपस्थिति रहेको थियो ।

    न्याय र कानुनका कुरा सबैलाई ज्ञान हुनुपर्ने न्याय र न्यायालय सबैको लागी समान हुने र छिटोछरितो,चुस्तदुरुस्त न्यायका लागी काभ्रेपलान्चोक जिल्ला अदालत सदैव सजग रहेको वारे काभ्रेपलान्चोक जिल्ला अदालतका माननिय जिल्ला न्यायाधिश ज्युहरुले प्रष्ट पारिदिनुभएको थियो भने सरकारी वकीलको परिचय, यस अन्तर्गतका कार्यालयहरु, फौजदारी मुद्दाको अनुसन्धानको क्रमदेखि अभियोजन प्रकिया र अभियोजन पश्चात पनि सरकारी वकीलको भुमिका महत्वपुर्ण रहनेवारे जिल्ला न्यायाधिवक्ता ज्युहरुले सर्वसाधारण समेतलाई सुसुचित गराउनु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार