२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कर्मचारीको भत्तामा ब्यापक कटौती


२४६९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ बैशाख २७, बिहिबार मा प्रकाशित ६ साल अघि
  • काटमाडौ-कर्मचारीहरुलाई दिदै आएको बिभिन्न प्रकारमा भक्तामा कटौती गर्दै मितव्ययीता ल्याउने भएको छ ।

    मन्त्रिपरिषद बैठकले पारित गरेको सार्वजनिक खर्चमा मितव्ययीता र प्रभावकारीता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शनले सरकारी निकायमा हुने जथाभावी खर्चलाई कटाउने तयारी गरेको हो ।

    उक्त नीतिअनुसार अब सरकारी कर्मचारीले हालसम्म पाउँदै आएका महंगी र स्थानीय भत्ताबाहेक सबै भत्ता खारेज हुनेछ । यो व्यवस्था आगामी साउन १ गतेदेखि लागू हुने व्यवस्था गरिएको छ । केही निकायका पदाधिकारीहरूले धेरै प्रकारका भत्ता खाँदै आएका छन् । जुन तलवको दोब्बर, तेब्बरसम्म भएकोले रोकेको हो ।

    कुनै निकायमा लागू गरिएको कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणालीलाई पनि वस्तुगत आधारमा सेवाप्रवाहसँग आवद्ध गर्नेगरी पुनरावलोकन गर्ने व्यवस्था उक्त नीतिमा छ । कानूनमै व्यवस्था भएकाहरुको हकमा तीन महिनाभित्र संशोधन गर्ने व्यवस्था निर्देशिकाले गरेको छ । अर्थ मन्त्रालयले तयार पारेको नीतिमा सरकारी खर्चलाई मितव्ययी बनाउने जानकारी प्राप्त भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार