२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

तेमालमा ज्येष्ठ नागरिकहरुलाई भव्य सम्मान


२५४८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ ३, बिहिबार मा प्रकाशित ६ साल अघि
  • तेमाल-तेमाल गाउंपालिकामा रहेका जेष्ट नागरीकहरुलाई गाउ्रपालिकको आयोजनामा भव्य ढंगबाट नगद सहितले सम्मान गरेको छ ।
    सम्मानको क्रममा गाउंपालिकाको अध्यक्ष सलामसिं तामाङले जेष्ट नागरीकहरु भनेको अभिभावक भएको वताएका थिए । जेष्ट नागरिकहरुले देखाएको वाटो पहिल्याएर अगाडि बढ्दा गाउपालिकाको हित हुने वताएका थिए ।

    सम्मानको क्रममा अध्यक्ष तामाङले भन्नुभयो जेष्ठ नागरीकको सम्मान साथै संरक्षण गर्नु आफुहरुको समेत कर्तव्य रहेको वताएका थिए । ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्दै स्वस्थ्यलाई बिगार्ने खालको चुरोट, विडी, रक्सी, खैनी लगाएतका मानब स्वास्थ्यको लागि सत्रुको रुपमा रहेको सामाग्रीको प्रयोग नगर्न अनुरोध गरेका थिए । उनले सम्मानको क्रममा दिएको नगद देखाउंदै स्वास्थ्यलाई फाईदा पुग्ने खालको सामान किनेर खान अनुरोध गर्दै स्वस्थ्यलाई असर पु¥याउने खालको सामानमा खरिद गरी रकमको दुरुपयोग नगर्न सुझाव दिएका थिए । तेमाल गाउँपालिका वडा नं १, २, ८ र ९ मा रहेका ७५ वर्ष भन्दा माथिका नागरिकहरुलाई सम्मान गरेको थियो ।

    गाउँपालिकाले ७५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने योजना अनुसार यसरी सम्मान र नगद वितरण गरेको आयोजकले जानकारी दिएका छन् । कार्यक्रममा सबैभन्दा ज्येष्ठ बृद्ध–बृद्धाहरुलाई सम्मान गरेका छन् । कार्यक्रममा अध्यक्ष तामाङ, उपाध्यक्ष दुर्गामाया तामाङ, प्रमुख प्रशासकिय अधिकृत शर्मिला लामिछानेले बृद्धाहरुलाई सम्मान गरेका थिए भने वडा अध्यक्षहरुले नगद वितरण गरेका थिए ।

    यसैबीच तेमाल गाउँपालिका वडा नं। १ मा ५५ जना ७५ वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई ६ हजारका दरले वितरण गरेको वडा अध्यक्ष मानबहादुर श्रेष्ठले जानकारी दिएका छन । वडा अध्यक्ष श्रेष्ठका अनुसार १ नं वडामा सबैभन्दा ज्येष्ठ बृद्धा ९३ वर्षिय जय लक्ष्मी भण्डारीलाई दोसल्ला र नगदले सम्मान गरेका छन् ।

    त्यसैगरि वडा नं। २ मा ९० जना ज्येष्ठ नागरिकहरुलाई नगद ६ हजार रुपैयाँका दरले वितरण गरेको वडा अध्यक्ष तिमालसिं तामाङले जानकारी दिएका छन् । वडा नं ८ मा भने १ सय २४ जनालाई नगद वितरण गरेर सम्मान गरेको थियो । वडा नं ९ मा १ सय ३ जनालाई सम्मान गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार