२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

मुलुकको हितको लागि बाम सरकार चुक्दैन – गोकुल, अखिल काभ्रेद्वारा १ लाखको अक्षयकोषको घोषण


२६४२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ ३, बिहिबार मा प्रकाशित ५ साल अघि
  • आइ.आर.के.मैनालि
    बनेपा-माननिय संचार तथा सुचना प्रबिधि राज्य मन्त्री गोकुल बास्कोटाले मुलुकको हितको लागि बाम नेतृत्वको सरकार नचुक्ने बताउनु भयो ।

    अनेरास्ववियु काभ्रेद्वारा ५३औ स्थापना दिबसको अबसरमा अनेरास्ववियु जिल्ला कमिटि काभे्र र अनेरास्ववियु क्याम्पस जिल्ला कमिटि काभे्रको आयोजनामा मंगलबार बनेपामा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुअ अतिथिको रुपमा आउनु भएका राज्य मन्त्री बास्कोटाले थप्नुभयो नेपाली काँगे्रसका गगन थापाले चुतुर पुतुर गर्दैमा केही हुंदैन । नेपाली जनताले त्यस्ता चुतुर पुतुर ढंगको कुरामा विस्वस नगर्ने काममा मात्र विस्वास गर्ने बताउनु भयो ।

    कार्यक्रममा प्रमुख अतिथि वास्कोटाले भन्नुभयो नेपाली जनताको चाहना अनुसारको कार्य गर्न साथै संघियतालाई सहि ढंगबाट अगाडि बढाउने कार्यको लागि आम युवाहरु अग्रसर हुनुपर्ने बताउनु भयो । युवाहरुको काँधमा धेरै जिम्मेवारी आएकोले नेपाल र नेपालिको हितको खातिर कार्य गर्ने बिषयमा युवाहरु चनाखो हुनुपर्ने बताउनु भएको थियो । युवाहरुको हितको लागि के कस्तो कार्य गर्ने भन्ने बिषयमा सरकारले धेरै सोचेको तत्कालै युवाहरुको हितको लागि राम्रो कार्यको सुरुवात हुने बताउनु भयो ।

    कार्यक्रममा प्रमुख अतिथि बासकोटाले भन्नुभयो अखिलको त्याग र बलिदानले नै आजको समाज अझ सिर्जनात्मक एबम समृद्धि प्रति अग्रसर भएको बताउनु भयो । विद्यार्थी एबम युबाको समस्या हल गर्ने बिषयमा सरकारले गहन ढंगबाट सोचेकोले केही समयपछि युवाहरुको हितको लागि धेरै काम हुने बताउनु भयो । मुलुकमा हाल बेरोजगार युवाहरुको संख्या धेरै भएपनि बेरोजगारीको संख्यालाई न्यूनिकरण गर्दै जाने बताउनु भयो । रोजगारीको प्रत्याभूत गराउन बाम गठबन्धनको सरकार लागिरहने भएकोले केहि समय युवाहरु धैर्य गरेर बस्न अनुरोध गर्नु भयो ।

    कार्यक्रममा विद्यार्थीहरुलाई हौसला साथै लगनसिलताको लागि सहयोग गर्ने वातावरण निर्माण गर्नु पर्ने भन्दै अनेरास्ववियु काभे्रले अक्षयकोषको स्थापना गरेको छ । अनेरास्ववियु काभ्रेका अध्यक्ष उपेन्द्र शर्माले उत्कृष्ट जेहेन्दार एबम आर्थिक अबस्था कम्जोर भएका विद्यार्थीको अध्ययनलाई निरन्तरता दिन सहज रहोस भन्दै १ लाख रुपैयाको अक्षयकोष व्यवस्था गरेको गर्ने घोषण गर्नुभएको छ ।

    अनेरास्ववियु काभ्रेद्वारा ५३ औ स्थापना दिबसको अबसरमा आयोजित पुर्ब अध्यक्ष सम्मान अबिभारा बिमोचन तथा अनेरास्ववियुको भाबी कार्यदिशा बिषयक अन्तर्कृया कार्यक्रम अनेरास्ववियु पुर्ब अध्यक्षहरु केदार कोइराला, नारायण पाण्डे, गोकुल बासकोटा, जनार्दन अधिकारि, हरिशरण दाहाल, सुरेश हुमगाई, फुलमान बाल ( सङर्श), रामशरण बजगाई, दिपक गौतम, बिपिन लामा, हरिकुमार मैनाली ,टिकाराम लामा ,जेनिस लामा, सालिकराम पराजुली, हरिसचन्द्र घिमिरे, क्याम्पस कमिटी पुर्ब अध्यक्ष राकेश लामा, केशबराज पौडेल,नरोज पान्डे, लगायतलाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा पुर्ब अध्यक्ष केदार कोइराला नारायण पान्डे जेनिस लामा निरोज पान्डे लगायतले मन्तव्य राखेका थिए । पुर्ब अध्यक्ष सम्मानले पुर्बजको योगदान कदर एबम भाबी पुस्तालाई प्रेरणा हुने बताउदै क्याम्पस कमिटी अध्यक्ष नबराज ढकाल । कार्यक्रममा अखिल काभ्रेको मुख पत्र “अबिभारा“ बिमोचन पनि गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार