२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

संयुक्त बैठकबाट एकीकृत पार्टीको विधान अनुमोदन,


२७२० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ ३, बिहिबार मा प्रकाशित ६ साल अघि
  • काठमाडौं-नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले एकीकृत पार्टीको विधान अनुमोदन गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले विधान अनुमोदन गरेको हो ।

    दुई पार्टीबीच बिहीबार नै एकता हुने भएकाले एमाले र माओवादी पार्टी विघटनका लागि दुई पार्टीको छुट्टाछुट्टै केन्दूीय समिति बैठक बसेको छ । एमालेको बैठक बालुवाटारमा र माओवादी बैठक अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको छ । दुई पार्टीको संयुक्त केन्द्रीय समितिको बैठक बसेर बिहीबार नै नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने तयारी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार