२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्रवक्ता बाहेक अरूले पत्रकारलाई सूचना दिए कारबाही गर्छौ – प्रहरी


२७४२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ ३, बिहिबार मा प्रकाशित ६ साल अघि
  • भक्तपुर-कार्यालयमा हाजीर हुनासाथ महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले प्रबक्ताबाहेक अरु प्रहरीले पत्रकारलाई सुचना दिए कारवाही गर्ने निर्देशन दिएका छन् ।

    मोफसलका पत्रकारसँगको भेटघाटको क्रममा परिषरका प्रवक्ता बाहेक प्रहरी वृत्त थिमि र जगातेका प्रमुख तथा प्रहरी परिषर मातहतका अन्यले सूचना नदिन निर्देशन दिएका हुन् । दुवै वृत्तका प्रमुखलाई निर्देशन दिँदै उनले भने, ‘कुनै पनि घटना भए प्रवक्तालाई तत्कालै जानकारी गराउनुहोस, सोही आधारमा एक द्वार प्रणालिबाट सुचना वाहीरीने बताए ।

    पत्रकारलाई विभिन्न व्यक्तिले जथाभावी सूचना दिँदा अनुसन्धानमा बाधा पर्ने बताउँदै उनले जथाभावी सूचना दिने र सूचना चुहाउने प्रहरीलाई तत्काल कारबाही गर्नसमेत निर्देशन दिए । सञ्चारकर्मीलाई पनि प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंसँग मात्रै आधिकारिक रुपमा सूचना लिन आग्रह गर्दै प्रहरी उपरीक्षक श्रेष्ठले सञ्चारकर्मीलाई भने, ‘कुनै पनि घटनाको सूचना चाहिएमा प्रवक्तासँग लिनुस, मलाई फोन गर्नु पर्दैन, अनुसन्धान गर्नुपर्ने घटनाको सूचना नमाग्नुहोस, अनावश्यक सूचना मागेर दबाब नदिनुहोस् ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार