२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

समस्या समाधानको लागि, एकीकृत पार्टीको स्थायी कमिटीमा दुई जना थपिए


२५१९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ ३, बिहिबार मा प्रकाशित ६ साल अघि
  • काठमाडौं -हिजो दुई पार्टी बिच भएको सहमतिको आधारमा स्थाई कमिटि सदस्यको लागि ४३ जना रहने गरी सहमत भएपनि आज अन्तिम समयमा आएर पुन दुई जना थपि ४५ को संख्या निर्धारण गरेको छ ।

    एमालेमा २६ जनाको स्थाई कमिटि रहेकोमा हिजोको सहमतिको आधारमा २५ जना मात्र रहेकोले १ जना कस्लाई हटाउने भनने बिषयमा समस्या परेकोले २५ को संख्यालाई बढाएर २६ गरएिको छ । त्यसैगरी माओवादीमा १८ सहमति भएकोमा एमालेमा २६ भएसंगै माओवादीमा पनि १९ भएको हो ।

    अब एमालेको हालको स्थायी कमिटीका सबै नेताहरु एकीकृत पार्टीको पनि स्थायी कमिटीमा नै रहने भएका छन् । नेकपा माओवादीबाट भने एकीकृत पार्टीमा रहने नेताहरुको नाम टुंग्याइएको छैन । नाम टुंगो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई जिम्मा दिइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार