२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पार्टी एकताको खुसीयालीमा बालुवाटारमा रात्रीभोज


२२८७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ ३, बिहिबार मा प्रकाशित ६ साल अघि
  • काठमाडौं-लामो प्रयासपछि सफल भएको एमाले र माओवादीको पार्टी एकताको खुसियालीमा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आज रात्री भोज दिनु हुने भएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवासमा नै रात्रीभोज राखिएको हो । एमाले र माओवादीको केन्द्रीय कमिटीको संयुक्त बैठकमा नबगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई रात्रीभोजको निम्ता दिएका हुन् ।
    पार्टी एकता प्रक्रियाका क्रममा अधिकांश बैठक बिहीबार पनि बालुवाटारमा नै बसेको थियो । सुरुमा पार्टी एकता संयोजन समितिको बैठक बसेको थियो भने एमालेलेको केन्द्रीय कमिटीको अन्तिम बैठक पनि त्यही बसेको थियो ।

    दुई कम्युनिष्ट पार्टीको बिचमा एकता हुनु शासन गर्नको लागि नभएर सेवा दिने उद्देस्यले एकिकरण भएको भनदै यस्तो खुसिको क्षणमा रात्रिभोजको आयोजना गरेको स्रोतले जानकारी गराएको छ । पार्टी एकता बाट कुशासनको अन्त्यको साथै शु—सासणको सुरुवात भएको प्रधानमन्त्री ओलिले बताउनु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार