२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मन्थलिमा हराएको फुयालको शव खुर्कोटमा भेटियो


२७५० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ ३, बिहिबार मा प्रकाशित ६ साल अघि
  • रामेछाप-४ दिन अगाडि आएको अबिरल बर्षातको कारण रामेछाप जिल्लाको सदरमुकाम मन्थलीस्थित रणजोर खोलाले बगाएर हराएको उष्मा फुयालको शव बिहीबार दिउँसो भेटिएको छ ।

    भिषण वर्षापछि आएको बाढीले विद्यालयमा परिक्षा दिन जाने क्रममा सोमबार विहान खोलाले बगाएर वेपत्ता भएकी मन्थली आकाशेकी १८ वर्षकी फुयालको सिन्धुलीको गोलाञ्जोर गाउँपालिका ७ खुर्काेटस्थित सुनकोशी किनारमा भेटिएको छ ।

    नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयहरुले फुयाललाई बगाएको रणजोर खोला र सुनकोसी नदीमा ४ दिनदेखि खोजीकार्य जारी राखेको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्र थापाले शव भेटेको जानकारी गरायसंगै आपन्तहरु सम्पर्कमा पुगेको जामनकारी प्राप्त भएको छ । प्रहरी निरीक्षक थापाका अनुसार फुयालको शवलाई पोष्टमार्टमका लागि रामेछाप सदरमुकाम मन्थली ल्याइएको छ ।

    मृत फुयाल सोमबार बिहान मन्थली माबिबाट मन्थली नगरपालिका(७ भटौलीमा रहेको रूद्राक्षेश्वर माबि परीक्षा केन्द्रमा कक्षा ११ को परीक्षा दिन ६ जना साथीसँगै गएकी थिइन् । उनीसँगै परीक्षा दिन गएका ६ जनालाई पनि खोलाले बगाएको थियो । उनीसँग खोलाले बगाएका अन्य ६ जना छात्राहरुको भने सकुसल उद्दार गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार