२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

एमाले,माओवादी एकतामा, कांग्रेसको नजरमा ‘हेपाहा प्रवृत्ति’ बढ्ने डर


२६३५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ ३, बिहिबार मा प्रकाशित ६ साल अघि
  • काठमाडौं-दुई कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकता प्रमुख विपक्षी दल नेपाली कांग्रेसका लागि ‘सरप्राइज’ भएको छ । साथै सरकार, पार्टी र सिंगो राज्यसत्ता आफूप्रति एकदमै अनुदार हुने विश्लेषण पनि गरेको छ ।

    पटकपटक मिति तोक्दा पनि एकता घोषणा हुन सकेको थिएन । बरु दूरी बढेको थियो । त्यसैले कांग्रेसको ठूलो पङ्ती खासगरी नेतृत्वलाई एमाले र माओवादी मिल्दैनन् भन्ने थियो । माओवादी नेताहरुले पनि त्यस्तो सन्देश पठाइरहेको थियो । तर, दुई दलले एकता घोषणा गरे । ‘यो कांग्रेसका लागि ‘सरप्राइज’ हो’ एक नेताले भने ।

    हेपाहा प्रवृत्ति बढ्ने डर

    कांग्रेसमा खुसी भन्दा आशंका बढी छ कि अब सिंगो राज्यसत्ता आफूप्रति एकदमै अनुदार हुनेछ । नेताहरुका अनुसार वाम गठबन्धनको बहुमत आएसँगै धेरथोर यो डर थियो नै तर, आज विहानबाट प्रत्येकलाई लागेको छ । एक नेता भन्छन, ‘यो सही नहुनसक्छ । तर, सिंगो राज्यसत्ता नै अनुदार भएर जान्छ, हरेक क्षेत्रमा पेल्दै जान्छ ।’

    उनीहरुको ‘कांग्रेस प्रतिस्पर्धी रहेन, सहयोगी मात्र’ भन्ने केपी ओलीको पछिल्लो अभिव्यक्तिलाई त्यसको संकेत मानेका छन् । यो हेपाहा टिप्पणी भएको भन्दै एक नेताले भने, ‘आफ्नो पार्टी मिलेको बेला हाम्राबारे टिप्पणी गर्न आवश्यक थिएन । फेरि उहाँ एमाले अध्यक्ष मात्र होइन, प्रधानमन्त्री पनि हो ।’
    त्यसमा सहमत देखिएका कांग्रेस नेता रिजालले पनि दुई कम्युनिष्ट पार्टी मिलेपछि शासन सञ्चालन कसरी गर्छन् हेर्नुपर्ने बताउँछन् । ‘सत्ता जहिले पनि जसको पनि पेल्ने, मिच्ने खालको हुन्छ । त्यसमाथि दुई कम्युनिष्ट पार्टी ।

    लोकतन्त्रको आधारभूत मूल्य र मान्यताप्रति प्रतिवद्ध रहेर काम गरे यो एकता नेपालको कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिक अवतरण हुनेछ । हिजोको झापा विद्रोह वा सशस्त्र विद्रोहका पूरा नभएको एजेण्डा पुरा गर्नु छ भन्ने सोच भयो भने स्वभाविक छ, संसदमा यति ठूलो उपस्थिति र काम गर्ने शैलीले लोकतन्त्रका आधारभूत मूल्य र मान्यताप्रति प्रतिवद्ध रहन्छु भन्दाभन्दै नरहने खतरा बढेर जान्छ । त्यसप्रति हामी सचेत छौं ।’

    एकताअघि नै लोकतान्त्रिक प्रतिवद्धता भन्दा सत्ताको तागतको ध्वनि बढी आउन थालेको उनले सुनाए । ‘मैले भनेको नमान्नेलाई पेल्नुपर्छ, यसकारण कि जनताको मत मसँग छ, पेल्ने मत पाएको छु भन्ने उहाँहरुको ब्याख्या रहृयो भने स्वभाविक रुपमा अभिनायकवादी बाटोमा जानुहुन्छ । यो सबैका लागि दुःखद हुनेछ’ रिजालले भने ।

    आन्तरिक राजनीतिमा ठूलो हेरफेर

    एमाले माओवादी मिल्दा कांग्रेसको एउटा पंक्तिले आन्तरिक राजनीतिमा ठूलो फेरबदल आउने अपेक्षा गरेको छ । कांग्रेसमा रुपान्तरणको पक्षमा मत राख्दै आएका एक नेता भन्छन, ठूलो पंक्तिलाई अहिले जे भइरहेको छ, त्यतिको भरमा जित्न सकिँदैन भन्ने भाव आउँछ र यसले पार्टीमा ठूलो परिर्वतन ल्याउँछ ।’
    किनभने देउवाले अहिलेसम्म एमाले र माओवादी मिल्दैनन, मिल्न सक्दैनन् भन्दै आएका थिए । यसले कुनै पनि कांग्रेस माओवादीको सरकार बन्न सक्छ, देउवा प्रधानमन्त्री हुनसक्छन् भन्ने देखाउँथ्यो र देउवा बलियो भइरहन्थे । बिहीबार दुई पार्टीको एकता घोषणा भएसँगै अब ५ वर्षका लागि सरकारको ढोका बन्द मात्र भएको छैन, यथास्थितिमा ५ वर्षपछि हुने आम चुनावमा कम्युनिष्ट पार्टीसँग प्रतिस्पर्धा गर्न सकिन्न भन्ने मत बलियो हुनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार